Trending
चलचित्र ‘कुमारी’को प्रेमको न्यानोपन बोकेको नयाँ पोस्टर सार्वजनिक     |     सन्दीप लामिछानेले बीपीएल खेल्ने     |     साफ महिला क्लब च्याम्पियनसिप फुटबलः नेपालको एपिएफ क्लब विजयी     |     पदक विजेता चन्द्र स्वदेश फिर्ता     |     निर्वाचनको देशव्यापी माहौल बन्दै, राजनीतिक गतिविधि बढ्यो     |     यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर     |     एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’     |     लुम्बिनी लायन्सलाई एनपिएल दोस्रो संस्करणको उपाधि     |     एनपीएल: उपाधि जित्न लुम्बिनीलाई ८६ रनको लक्ष्य     |     एनपीएल फाइनल: सुदूरपश्चिम टस जितेर ब्याटिङमा     |    
विज्ञान र प्रविधि

सामसङको ‘बिस्पोक एआई फ्रन्ट–लोड वासिङ मेसिन नेपाली बजारमा

२९ माघ २०८१, मंगलवार १०:३५

काठमाडौँ। सामसङ नेपालले नयाँ बिस्पोक एआई ९ केजी फ्रन्ट–लोड वासिङ मेसिन नेपाली बजारमा ल्याएको छ।

ठुला–लोडहरूको लागि पूर्ण रूपमा उपयुक्त रहेको ९केजी बिस्पोक फ्रन्ट–लोड वासिङ मेसिनले उपभोक्ताहरूलाई सजिलै दैनिक लुगा धुने व्यवस्थापन गर्न, समय बचत गर्न र धुने क्षमतामा सुविधा बढाएको कम्पनीले जनाएको छ । यसमा एआई एनर्जी, एआई कन्ट्रोल, एआई इकोबबल र सुपर स्पिड जस्ता उन्नत प्रविधिहरू छन् ।

यो वासिङ मेसिन दुई मोडलमा उपलब्ध रहेको कम्पनीको भनाइ छ। सामसङको नयाँ ९ केजी फ्रन्ट–लोड वासिङ मेसिनहरूको मूल्य एक लाख एक हजार ९९० रूपैयाँबाट सुरू हुन्छ।

प्रिमियम लन्ड्री सलुसनहरू पहुँच भित्र ल्याउँदै सामसङले २० प्रतिशतसम्म क्यासब्याकको साथ स्पेसल अफर उपलब्ध गराएको बताएको छ।लन्ड्री व्यवस्थापनलाई अझ सहज बनाउन, उपभोक्ताले यो मेसिनलाई स्मार्टठिंगस् एपमार्फत आफ्नो मोबाइल फोनबाट नियन्त्रण गर्न पनि सकिने व्यवस्था छ। साथै, यसको सहज कन्ट्रोल प्यानल र आधुनिक डिजाइनले यो कुनै पनि घरमा स्टाइलिस (आकर्षक) रूपमा फिट हुन्छ।

प्रतिक्रिया दिनुहोस्