Trending
पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता भोलिदेखि     |     उपत्यकासहित विभिन्न स्थानमा वर्षा, राति चार प्रदेशमा भारी वर्षाको सम्भावना     |     टी ट्वान्टी क्रिकेटः नर्दन टेरिटोरी स्ट्राइकसँग नेपाल ‘ए’ पराजित     |     रास्वपा सचिवालयमा ११ जना थपिए     |     राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने     |     तेल निर्यातलाई प्रतिदिन एक करोड ब्यारेल पुर्‍याउने इराकको लक्ष्य     |     एसिसी प्रिमियर कपको अभ्यास खेलः नेपालको लगातार दोस्रो जित     |     यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णयहरू     |     बन्दुक बनाउने सामानसहित सात थान भरुवा बन्दुक बरामद     |     कर्णालीका मुख्यमन्त्री शाहीलाई विश्वासको मत     |    
विज्ञान र प्रविधि

सामसङको ‘बिस्पोक एआई फ्रन्ट–लोड वासिङ मेसिन नेपाली बजारमा

२९ माघ २०८१, मंगलवार १०:३५

काठमाडौँ। सामसङ नेपालले नयाँ बिस्पोक एआई ९ केजी फ्रन्ट–लोड वासिङ मेसिन नेपाली बजारमा ल्याएको छ।

ठुला–लोडहरूको लागि पूर्ण रूपमा उपयुक्त रहेको ९केजी बिस्पोक फ्रन्ट–लोड वासिङ मेसिनले उपभोक्ताहरूलाई सजिलै दैनिक लुगा धुने व्यवस्थापन गर्न, समय बचत गर्न र धुने क्षमतामा सुविधा बढाएको कम्पनीले जनाएको छ । यसमा एआई एनर्जी, एआई कन्ट्रोल, एआई इकोबबल र सुपर स्पिड जस्ता उन्नत प्रविधिहरू छन् ।

यो वासिङ मेसिन दुई मोडलमा उपलब्ध रहेको कम्पनीको भनाइ छ। सामसङको नयाँ ९ केजी फ्रन्ट–लोड वासिङ मेसिनहरूको मूल्य एक लाख एक हजार ९९० रूपैयाँबाट सुरू हुन्छ।

प्रिमियम लन्ड्री सलुसनहरू पहुँच भित्र ल्याउँदै सामसङले २० प्रतिशतसम्म क्यासब्याकको साथ स्पेसल अफर उपलब्ध गराएको बताएको छ।लन्ड्री व्यवस्थापनलाई अझ सहज बनाउन, उपभोक्ताले यो मेसिनलाई स्मार्टठिंगस् एपमार्फत आफ्नो मोबाइल फोनबाट नियन्त्रण गर्न पनि सकिने व्यवस्था छ। साथै, यसको सहज कन्ट्रोल प्यानल र आधुनिक डिजाइनले यो कुनै पनि घरमा स्टाइलिस (आकर्षक) रूपमा फिट हुन्छ।

प्रतिक्रिया दिनुहोस्