Trending
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आधुनिक हवाई मार्गनिर्देशन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढ्यो     |     आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी     |     विदेशी मुद्राको सञ्चिति ४० खर्ब नाघ्यो     |     भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो     |     राजमार्गका होटल तथा रेस्टुरेन्टलाई मूल्यसूची राख्न र ग्राहकलाई बिल दिन विभागको निर्देशन     |     किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा     |     बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह     |     बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार     |     दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट     |     विश्वकप लिग-२ः क्यानडाविरुद्ध नेपालको जित     |    
विज्ञान र प्रविधि

इसेवा र हिमालयन बैंकबीच सहकार्य

२५ फाल्गुन २०८१, आईतवार ०८:०२

काठमाडौं। डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा र हिमालयन बैंकबिच विद्युतीय कारोबारसम्बन्धी साझेदारी भएको छ।

यस साझेदारी पश्चात् अब इसेवा प्रयोगकर्ता तथा हिमालयन बैंकका ग्राहकहरुले सहजै विद्युतीय माध्यमबाट रकम ट्रान्सफर गर्न सक्ने छन् ।दुवै संस्थाका ग्राहकहरूलाई थप सेवा र पहुँच प्रदान गर्ने उद्देश्यले गत हप्ता एउटा औपचारिक कार्यक्रममा दुवै संस्थाका प्रतिनिधिहरुले सम्झौता पत्रमा हस्ताक्षर गरी यस सेवाको प्रारम्भ गरेका हुन् ।

यस साझेदारी पश्चात् अब हिमालयन बैंकका ग्राहकहरूले आफ्नो मोबाइल बैंकिङ्ग एप (एचआई–एमबी) प्रयोग गरी सिधै इसेवा वालेटमा रकम लोड गर्न सक्नेछन् भने इसेवा प्रयोगकर्ताहरूले आफ्नो इसेवा वालेटमा भएको रकम हिमालयन बैंकको खातामा ट्रान्सफर गर्न सक्नेछन् ।

इसेवामा हालसम्म ४९ वटा साझेदार बैंक तथा वित्तीय संस्थाहरू आबद्ध छन् र यसमा हिमालयन बैंक पनि जोडिए पश्चात नेपालको डिजिटल वित्तीय सेवामा थप टेवा पुग्ने अपेक्षा गरिएको छ ।

इसेवा र हिमालयन बैंक बीच भएको यस सम्झौताप्रति खुशी व्यक्त गर्दै, इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले यो सम्झौताले दुवै पक्षका ग्राहकलाई बिना झन्झट आफ्नो बैंक खाता र इसेवा वालेट बीच रकम ट्रान्सफर कार्य गर्न सहज बनाउने उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्