Trending
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आधुनिक हवाई मार्गनिर्देशन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढ्यो     |     आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी     |     विदेशी मुद्राको सञ्चिति ४० खर्ब नाघ्यो     |     भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो     |     राजमार्गका होटल तथा रेस्टुरेन्टलाई मूल्यसूची राख्न र ग्राहकलाई बिल दिन विभागको निर्देशन     |     किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा     |     बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह     |     बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार     |     दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट     |     विश्वकप लिग-२ः क्यानडाविरुद्ध नेपालको जित     |    
विज्ञान र प्रविधि

चन्द्रयान– ४ को तयारीमा भारत, २१०४ करोड रुपैयाँ बजेट विनियोजन

७ आश्विन २०८१, सोमबार १४:३४

७ असोज, एजेन्सी। भारतको अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) अर्को एक चन्द्र मिसनको तयारीमा जुटेको छ ।

चन्द्रयान–३ लाई चन्द्रमामा उतार्न सफल भएको भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) को अर्को मिसनका लागि केन्द्र सरकारले २१ अर्ब ४० करोड भारु सुनिश्चित गरेको बीबीसी हिन्दीले जनाएको छ ।

सन् २०४० सम्ममा चन्द्रमामा मानिस पठाउने लक्ष्य लिएको इसरोका लागि नमूना लिएर फर्कने चन्द्रयान–४ महत्त्वपूर्ण मिसन हुनेछ । दुई वटा रकेटले छुट्टाछुटै उपकरण चन्द्रमामा उतारेर त्यहाँबाट नमूना लिएर फर्कने चन्द्रयान–४ अन्तरिक्ष खोजको क्षेत्रमा महत्त्वपूर्ण हुने इसरोले विज्ञप्तिमा उल्लेख गरेको छ ।

अमेरिकाले सन् १९६९ देखि १९७२ का बीचमा सञ्चालन गरेको मिसनले चन्द्रमाबाट नमूना ल्याएको थियो । यस्तै सोभियत सङ्घले १९७० को दशकमा र चीनले २०२० मा चन्द्रमाबाट नमूना ल्याएका थिए । अमेरिकाले ल्याएको नमूना झन्डै तीन अर्ब ६० करोड वर्ष पुरानो भएको पत्ता लागेको छ । भारतसँगै रुस र जापानले पनि चाँडै चन्द्रमाबाट नमूना ल्याउने गरी काम गरिरहेका बीबीसीले जनाएको छ

प्रतिक्रिया दिनुहोस्