Trending
भेनेजुएलाको तेल किन्न भारतसँग सम्झौता भइसकेको ट्रम्पको दाबी     |     इरानद्वारा इयु सेनालाई आतङ्कवादी घोषणा     |     आयरल्यान्डसँग थाइल्यान्ड पराजित     |     चलचित्र पत्रकार सिटौलाको निधन     |     आयोजक एक्सेल्सियर र रेडियन्टको दोहोरो जित     |     जापानमा सन् २०२५ मा बालबालिकाको आत्महत्या दर उच्च     |     बेलायती प्रधानमन्त्रीको चीन भ्रमण उपलब्धिमूलक : प्रवक्ता     |     आईसीसी एसिया क्षेत्रको सम्मेलन नेपालमा हुने     |     चलचित्र ‘शिवांश’मा कैलाश खेरको स्वरमा ‘शिव ताण्डव’ गीत     |     सेन्सर बोर्डले गर्यो ‘आ बाट आमा’ को तारिफ     |    
विज्ञान र प्रविधि

चन्द्रयान– ४ को तयारीमा भारत, २१०४ करोड रुपैयाँ बजेट विनियोजन

७ आश्विन २०८१, सोमबार १४:३४

७ असोज, एजेन्सी। भारतको अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) अर्को एक चन्द्र मिसनको तयारीमा जुटेको छ ।

चन्द्रयान–३ लाई चन्द्रमामा उतार्न सफल भएको भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) को अर्को मिसनका लागि केन्द्र सरकारले २१ अर्ब ४० करोड भारु सुनिश्चित गरेको बीबीसी हिन्दीले जनाएको छ ।

सन् २०४० सम्ममा चन्द्रमामा मानिस पठाउने लक्ष्य लिएको इसरोका लागि नमूना लिएर फर्कने चन्द्रयान–४ महत्त्वपूर्ण मिसन हुनेछ । दुई वटा रकेटले छुट्टाछुटै उपकरण चन्द्रमामा उतारेर त्यहाँबाट नमूना लिएर फर्कने चन्द्रयान–४ अन्तरिक्ष खोजको क्षेत्रमा महत्त्वपूर्ण हुने इसरोले विज्ञप्तिमा उल्लेख गरेको छ ।

अमेरिकाले सन् १९६९ देखि १९७२ का बीचमा सञ्चालन गरेको मिसनले चन्द्रमाबाट नमूना ल्याएको थियो । यस्तै सोभियत सङ्घले १९७० को दशकमा र चीनले २०२० मा चन्द्रमाबाट नमूना ल्याएका थिए । अमेरिकाले ल्याएको नमूना झन्डै तीन अर्ब ६० करोड वर्ष पुरानो भएको पत्ता लागेको छ । भारतसँगै रुस र जापानले पनि चाँडै चन्द्रमाबाट नमूना ल्याउने गरी काम गरिरहेका बीबीसीले जनाएको छ

प्रतिक्रिया दिनुहोस्