Trending
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आधुनिक हवाई मार्गनिर्देशन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढ्यो     |     आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी     |     विदेशी मुद्राको सञ्चिति ४० खर्ब नाघ्यो     |     भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो     |     राजमार्गका होटल तथा रेस्टुरेन्टलाई मूल्यसूची राख्न र ग्राहकलाई बिल दिन विभागको निर्देशन     |     किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा     |     बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह     |     बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार     |     दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट     |     विश्वकप लिग-२ः क्यानडाविरुद्ध नेपालको जित     |    
विज्ञान र प्रविधि

मेरो शेयर सर्भरमा समस्या, सेवा प्रभावित

१ चैत्र २०८१, शुक्रबार ११:३०

काठमाडौं। मेरो शेयर अवरुद्ध भएको छ । मेरो शेयरको सर्भरमा प्राविधिक समस्या देखिएकाले केही बेरका लागि सिडिएस एण्ड क्लियरिङ लिमिटेडको सेवा अवरुद्ध भएको छ ।

सिडिएससीका अनुसार मेरो शेयर, सि–आस्वा, सि–केवाईसीलगायतका सेवाहरू सञ्चालन गर्न प्रयोग गरेका सर्भरहरू मध्ये एक सर्भरमा प्राविधिक समस्या देखिएको हो ।

‘यस सिडिएससीले मेरो शेयर, सि–आस्वा, सि–केवाईसी लगायतका सेवाहरू सञ्चालन गर्न प्रयोग गरेका सर्भरहरू मध्ये एक सर्भरमा प्राविधिक समस्या देखिई तत्काल मेमोरी रिप्लेसमेन्ट गर्नुपर्ने भएकोले २०८१/१२/१ गते दिनको ३.३० बजे पछि रिप्लेसमेन्ट सम्बन्धी कार्य गरिने हुँदा केही समयका लागि सिडिएससीका सेवाहरू अवरुद्ध हुन सक्ने जानकारी गराइन्छ ।’, सूचनामा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्