Trending
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आधुनिक हवाई मार्गनिर्देशन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढ्यो     |     आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी     |     विदेशी मुद्राको सञ्चिति ४० खर्ब नाघ्यो     |     भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो     |     राजमार्गका होटल तथा रेस्टुरेन्टलाई मूल्यसूची राख्न र ग्राहकलाई बिल दिन विभागको निर्देशन     |     किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा     |     बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह     |     बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार     |     दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट     |     विश्वकप लिग-२ः क्यानडाविरुद्ध नेपालको जित     |    
विज्ञान र प्रविधि

नेपालमा पहिलो १००% विद्युतीय पिकअप ‘Riddara’ छिट्टै सार्वजनिक

१२ चैत्र २०८१, मंगलवार ११:३३

काठमाडौँ। नेपालमा पहिलो १००% विद्युतीय (EV) पिकअप ट्रक रिड्डारा RD6 सार्वजनिक गरिएको छ। सिजी मोटर्सले ल्याएको यो इभी पिकअप आधुनिक प्रविधि, उच्च शक्ति, र लामो रेन्ज सहित बजारमा आएको छ।

यो EV Pickup सवारी क्षेत्रको दिगो भविष्यतर्फको दिशामा ऐतिहासिक कदम हो। अत्याधुनिक प्रविधि र उत्कृष्ट कार्यक्षमताका साथ डिजाइन गरिएको Riddara ले EV Pickup Segment मा नयाँ स्तर स्थापित गर्नेछ। यसमा ४२४ Km को उत्कृष्ट Range र 73 Kwh क्षमताको Battery रहेको छ।

नेपालका विविध भूगोल र सडक अवस्थालाई मध्यनजर गर्दै Riddara मा ७ फरक-फरक Driving Mode हरू  (Sand, Mud, Off-road, Wading, Economy, Comfort, र Sport – 4WD) – उपलब्ध गराइएको छ, जसले सबै प्रकारका सडकमा सहज र सुरक्षित सवारी सुनिश्चित गर्छ।

नेपालका भौगोलिक बनावट र सडक अवस्थालाई मध्यनजर गर्दै यस पिकअपमा सातवटा फरक ड्राइभिङ मोड उपलब्ध छन्, जसमा स्यान्ड, मड, अफ-रोड, वेडिङ, इकोनोमी, कम्फर्ट र स्पोर्ट-४डब्लुडी मोड रहेका छन्। साथै, ५४० डिग्री सराउण्ड भ्यु क्यामेरा जस्ता प्रविधिहरू समेटिएको छ, जसले सुरक्षालाई थप मजबुत बनाउने छ।

प्रतिक्रिया दिनुहोस्