Trending
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आधुनिक हवाई मार्गनिर्देशन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढ्यो     |     आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी     |     विदेशी मुद्राको सञ्चिति ४० खर्ब नाघ्यो     |     भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो     |     राजमार्गका होटल तथा रेस्टुरेन्टलाई मूल्यसूची राख्न र ग्राहकलाई बिल दिन विभागको निर्देशन     |     किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा     |     बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह     |     बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार     |     दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट     |     विश्वकप लिग-२ः क्यानडाविरुद्ध नेपालको जित     |    
विज्ञान र प्रविधि

डिजिटल नेपाल फ्रेमवर्क २.० सार्वजनिक, सरकारद्वारा सात दिनभित्र सुझाव माग

१३ चैत्र २०८१, बुधबार ११:४८

काठमाडौं। सरकारले डिजिटल नेपाल फ्रेमवर्क २.० को मस्यौदा सार्वजनिक गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मंगलवार उक्त मस्यौदा सार्वजनिक गरेको हो । सरकारले डिजिटल नेपाल फ्रेमवर्क २.० को मस्यौदा अध्ययन गरी सात दिनभित्र सुझाव पेस गर्न समेत आग्रह गरेको छ ।

सरकारले पहिलो पटक २०७६ सालमा ‘सुशासन, विकास र समृद्धिका लागि’ भन्दै डिजिटल नेपाल फ्रेमवर्क सार्वजनिक गरेको थियो । यसलाई परिमार्जन तथा संशोधन गरी डिजिटल नेपाल फ्रेमवर्क २.० ल्याइएको हो । मस्यौदामा परिमार्जित डिजिटल नेपाल फ्रेमवर्क २.० लाई आर्थिक रूपमा सशक्त, समावेशी तथा जलवायुमैत्री बनाइएको उल्लेख छ ।

यो फ्रेमवर्कले नेपालको डिजिटल रूपान्तरणलाई तीव्र बनाउन डिजिटल पूर्वाधार निर्माण, डिजिटल सेवामा पहुँच विस्तार, सीप तथा डिजिटल साक्षरताको प्रवर्द्धन, र डिजिटल अर्थतन्त्रको रूपान्तरण जस्ता मुख्य क्षेत्रलाई समेटेको छ । साथै, यसको कार्यान्वयनका लागि केन्द्रीय डिजिटल रूपान्तरण परिषद्को परिकल्पना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्