Trending
भेनेजुएलाको तेल किन्न भारतसँग सम्झौता भइसकेको ट्रम्पको दाबी     |     इरानद्वारा इयु सेनालाई आतङ्कवादी घोषणा     |     आयरल्यान्डसँग थाइल्यान्ड पराजित     |     चलचित्र पत्रकार सिटौलाको निधन     |     आयोजक एक्सेल्सियर र रेडियन्टको दोहोरो जित     |     जापानमा सन् २०२५ मा बालबालिकाको आत्महत्या दर उच्च     |     बेलायती प्रधानमन्त्रीको चीन भ्रमण उपलब्धिमूलक : प्रवक्ता     |     आईसीसी एसिया क्षेत्रको सम्मेलन नेपालमा हुने     |     चलचित्र ‘शिवांश’मा कैलाश खेरको स्वरमा ‘शिव ताण्डव’ गीत     |     सेन्सर बोर्डले गर्यो ‘आ बाट आमा’ को तारिफ     |    
विज्ञान र प्रविधि

टेलिकमद्वारा कालिकोटदेखि मुगु सदरमुकामसम्म अप्टिकल फाइबर विस्तार

१३ चैत्र २०८१, बुधबार १२:००

कालिकोट। नेपाल टेलिकमले कालिकोटको मान्मदेखि जुम्ला हुँदै मुगुको गमगढीसम्म अप्टिकल फाइबर विस्तार गरेको छ।

टेलिकमले पहिलो पटक एडिएसएस प्रविधिमा आधारित अप्टिकल फाइबर प्रयोग गरी उच्च गुणस्तरको सूचना महामार्ग सञ्चालनमा ल्याएको हो। यसले कालिकोट, जुम्ला, मुगु लगायतका क्षेत्रमा मोबाइल ब्रोडब्याण्ड र फाइबर सेवाको गुणस्तर सुधार गर्नेछ।

चैत ८ गतेदेखि माइक्रोवेभ रेडियो लिंकमार्फत सञ्चालनमा रहेका एफटिटिएच, मोबाइल सेवा तथा एनटी टिभी सेवा समेत अप्टिकल फाइबरमार्फत सञ्चालनमा ल्याइएको छ।

नेपाल टेलिकमले यसलाई दूरसञ्चार क्षेत्रमा कोसेढुंगा मान्दै, दूरसञ्चार सेवा निरन्तर सञ्चालन गर्न वैकल्पिक ट्रान्समिसन रूट स्थापना भएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्