Trending
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आधुनिक हवाई मार्गनिर्देशन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढ्यो     |     आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी     |     विदेशी मुद्राको सञ्चिति ४० खर्ब नाघ्यो     |     भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो     |     राजमार्गका होटल तथा रेस्टुरेन्टलाई मूल्यसूची राख्न र ग्राहकलाई बिल दिन विभागको निर्देशन     |     किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा     |     बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह     |     बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार     |     दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट     |     विश्वकप लिग-२ः क्यानडाविरुद्ध नेपालको जित     |    
विज्ञान र प्रविधि

टेलिकमद्वारा कालिकोटदेखि मुगु सदरमुकामसम्म अप्टिकल फाइबर विस्तार

१३ चैत्र २०८१, बुधबार १२:००

कालिकोट। नेपाल टेलिकमले कालिकोटको मान्मदेखि जुम्ला हुँदै मुगुको गमगढीसम्म अप्टिकल फाइबर विस्तार गरेको छ।

टेलिकमले पहिलो पटक एडिएसएस प्रविधिमा आधारित अप्टिकल फाइबर प्रयोग गरी उच्च गुणस्तरको सूचना महामार्ग सञ्चालनमा ल्याएको हो। यसले कालिकोट, जुम्ला, मुगु लगायतका क्षेत्रमा मोबाइल ब्रोडब्याण्ड र फाइबर सेवाको गुणस्तर सुधार गर्नेछ।

चैत ८ गतेदेखि माइक्रोवेभ रेडियो लिंकमार्फत सञ्चालनमा रहेका एफटिटिएच, मोबाइल सेवा तथा एनटी टिभी सेवा समेत अप्टिकल फाइबरमार्फत सञ्चालनमा ल्याइएको छ।

नेपाल टेलिकमले यसलाई दूरसञ्चार क्षेत्रमा कोसेढुंगा मान्दै, दूरसञ्चार सेवा निरन्तर सञ्चालन गर्न वैकल्पिक ट्रान्समिसन रूट स्थापना भएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्