Trending
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आधुनिक हवाई मार्गनिर्देशन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढ्यो     |     आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी     |     विदेशी मुद्राको सञ्चिति ४० खर्ब नाघ्यो     |     भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो     |     राजमार्गका होटल तथा रेस्टुरेन्टलाई मूल्यसूची राख्न र ग्राहकलाई बिल दिन विभागको निर्देशन     |     किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा     |     बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह     |     बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार     |     दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट     |     विश्वकप लिग-२ः क्यानडाविरुद्ध नेपालको जित     |    
विज्ञान र प्रविधि

नेपालमा सनलङ इलेक्ट्रिक कार्गो पिकअप भित्रियो

१३ चैत्र २०८१, बुधबार १२:०९

काठमाडौँ। ब्लु कर्पोरेसन प्रालिले सनलङ ईभीयू-३ कार्गो भ्यान नेपाल भित्र्याउँदै ललितपुर, बालकुमारीमा शोरुम खोलेको छ।

७० किलोवाट मोटर र ४२ किलोवाट आवरको लिथियम आइरन फोस्पेट ब्याट्रीसहितको यो भ्यानले एकपटकको चार्जमा २८६ किमि रेन्ज दिने कम्पनीको दाबी छ। १.४ टन लोड क्षमतासहित यसको टप स्पीड ९० किमि प्रति घन्टा रहेको छ।

ब्लु कर्पोरेसनले मूल्य ३१.४५ लाख तोकी बिक्री सुरु गरेको छ। साथै, निकट भविष्यमै १२, १४, र १९ सिटे कमर्शियल भ्यानहरू ल्याउने योजना रहेको छ।

प्रतिक्रिया दिनुहोस्