Trending
दिगो वन व्यवस्थापन र रेडप्लसबारे पत्रकारलाई अभिमुखीकरण     |     ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला     |     नर्वेलाई हराउँदै फ्रान्स समूह आईको विजेता     |     इराकविरुद्ध सेनेगलको सानदार जित     |     रास्वपाको पदाधिकारीका उम्मेदवारहरु कसले कति मत ल्याए ? (सूची)     |     रास्वपाका नवनिर्वाचित सभापति सहित पदाधिकारी तथा सदस्यहरूले लिए शपथ     |     जापान र स्विडेन नकआउट चरणमा     |     अष्ट्रेलिया विश्वकपको नकआउट चरणमा     |     प्रदेशसभा खारेज गर्ने रास्वपाको निर्णय फिर्ता लिन आजपाको माग     |     भेनेजुएला भूकम्प : मृतकको संख्या ३२ पुग्यो, ७०० बढी घाइते     |    
विज्ञान र प्रविधि

एआई प्रविधिसहित सामसुङ ग्यालेक्सी ए५६, ए३६ र ए२६ नेपाली बजारमा सार्वजनिक

१७ चैत्र २०८१, आईतवार ११:२३

काठमाडौं। सामसुङले ग्यालेक्सी ए५६ फाइभ–जी, ग्यालेक्सी ए३६ फाइभ–जी र ग्यालेक्सी ए२६ फाइभ–जी सार्वजनिक गरेको छ । पहिलोपटक ग्यालेक्सी ‘ए’ सिरिजमा ‘असम इन्टेलिजेन्स’ समावेश गरेको छ ।

ग्यालेक्सी ए५६ र ए३६ अहिले नै नेपाली बजारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । यस्तै, ग्यालेक्सी ए२६ अप्रिलको पहिलो साताबाट बजारमा आउने सामसुङ नेपालका निर्देशक प्रणयरत्न स्थापितले जनाए ।

ग्यालेक्सी ए५६ र ए३६ अहिले नै बजारमा उपलब्ध छन् भने ग्यालेक्सी ए२६ अप्रिलको पहिलो साताबाट बजारमा आउनेछ। यसले ग्राहकहरुलाई धेरै विकल्पहरु प्रदान गर्ने सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले बताए।

उनले नयाँ ग्यालेक्सी सिरिज फोनहरुले ग्यालेक्सीको अविश्वसनीय मोबाइल एआईको अनुभवलाई ठूलो दर्शकमाझ ल्याएर सबैका लागि एआई भन्ने सोचतर्फ एउटा महत्त्वपूर्ण पाइला सारेको उल्लेख गरे।

प्रमुख विशेषताहरू
सर्कल टू सर्च (Circle to Search)
गुगलको चर्चित ‘सर्कल टू सर्च’ विशेषता थप उन्नत।
स्क्रिनमा देखिएको नम्बर, इमेल, वा यूआरएल सजिलै पहिचान गर्न सक्ने।
गीतहरू समेत तत्काल पहिचान गर्न सक्ने।
५० एमपी मुख्य क्यामेरा र अब्जेक्ट इरेजर
फोटोबाट अनावश्यक वस्तुहरू हटाउन सकिने।
अझ राम्रो फोटोग्राफी अनुभव।

प्रतिक्रिया दिनुहोस्