Trending
भेनेजुएलाको तेल किन्न भारतसँग सम्झौता भइसकेको ट्रम्पको दाबी     |     इरानद्वारा इयु सेनालाई आतङ्कवादी घोषणा     |     आयरल्यान्डसँग थाइल्यान्ड पराजित     |     चलचित्र पत्रकार सिटौलाको निधन     |     आयोजक एक्सेल्सियर र रेडियन्टको दोहोरो जित     |     जापानमा सन् २०२५ मा बालबालिकाको आत्महत्या दर उच्च     |     बेलायती प्रधानमन्त्रीको चीन भ्रमण उपलब्धिमूलक : प्रवक्ता     |     आईसीसी एसिया क्षेत्रको सम्मेलन नेपालमा हुने     |     चलचित्र ‘शिवांश’मा कैलाश खेरको स्वरमा ‘शिव ताण्डव’ गीत     |     सेन्सर बोर्डले गर्यो ‘आ बाट आमा’ को तारिफ     |    
विज्ञान र प्रविधि

एलन मस्कले आफ्नै कम्पनी एक्सएआईलाई ३३ अर्ब डलरमा ‘एक्स’ बेचे

१७ चैत्र २०८१, आईतवार ११:३८

काठमाडौं। एलोन मस्कले आफ्नो स्वामित्वमा रहेको सामाजिक सञ्जाल ‘एक्स’ आफ्नै एआई कम्पनी एक्सएआईलाई बिक्री गरेका छन् ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार उनले ३३ अर्ब अमेरिकी डलर बराबरको मूल्यमा एक्स कम्पनी आफ्नै अर्को कम्पनी एक्सएआईलाई बेचेका हुन् ।

मस्कले शुक्रबार साँझ एक्स बेचेको घोषणा गरेका थिए । मस्कको यो कम्पनी अरु कसैले नभएर उनकै एआई कम्पनी एक्सएआईले किनेको हो । यसका लागि एक्सआईले ४५ अर्ब डलर भुक्तानी गरेको बताइएको छ ।

हाल एक्सएआईलाई बिक्री गरिएको एक्सलाई मस्कले २०२२ मा ४४ अर्ब डलरमा खरिद गरेका थिए । त्यसयता उनले कम्पनीमा व्यापक परिवर्तन गरे । जसमा कर्मचारी कटौती, नीति पुनःनिर्माण र ब्रान्ड पुनःस्थापना समावेश छन् ।

एक्सएआईले पहिले नै एक्सका प्रयोगकर्ताका पोस्टहरू प्रयोग गरेर आफ्नो एआई मोडेल प्ररीक्षण गरिरहेको थियो। एक्सले केही प्रयोगकर्ताहरूलाई एक्सआई द्वारा विकसित च्याटबट ग्रोक प्रयोग गर्ने सुविधा प्रदान गरिरहेको छ । मस्कका अनुसार, यस सम्झौताले प्रयोगकर्तालाई अझ प्रविधिमैत्री बन्न सहयोग गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्