Trending
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आधुनिक हवाई मार्गनिर्देशन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढ्यो     |     आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी     |     विदेशी मुद्राको सञ्चिति ४० खर्ब नाघ्यो     |     भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो     |     राजमार्गका होटल तथा रेस्टुरेन्टलाई मूल्यसूची राख्न र ग्राहकलाई बिल दिन विभागको निर्देशन     |     किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा     |     बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह     |     बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार     |     दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट     |     विश्वकप लिग-२ः क्यानडाविरुद्ध नेपालको जित     |    
विज्ञान र प्रविधि

२० किलोसम्मको सामान उठाउने र वृद्धको सेवा गर्ने मानवजस्तै रोबोट तयार

२६ चैत्र २०८१, मंगलवार ११:४६

एजेन्सी। चीनका प्रविधि कम्पनीहरूले मानिससरह व्यवहार गर्न सक्ने उन्नत एआई रोबोटहरू विकास गरिरहेका छन्।

बेइजिङको एक कम्पनीले बनाएको १.७ मिटर अग्लो, ६३ किलो तौलको रोबोटले प्रति सेकेन्ड ३.६ मिटर दौडन सक्छ र चार औंलाले २० किलोसम्म तौल उठाउन सक्छ।

रोबोटले गहन सिकाइ क्षमताको छ । त्यसले परिष्कृत कार्यहरू गर्न सक्छ । कम्पनीका सहसंस्थापक शी यूका अनुसार रोबोटहरूलाई मानिसहरूको घरको हिस्सा बनाउने अन्तिम लक्ष्य रहेको सुनाए ।

त्यस्तै अर्को कम्पनीले बायोनिक मांसपेशी र छाला प्रयोग गरी मानिससरह अनुहार र जीवनशैली भएको रोबोट बनाएको छ। तालिमपछि, यसले ६ प्रकारका भावना र २०० अनुहारका अभिव्यक्ति देखाउन सक्छ।

यी मानवोइड रोबोटहरू विशेषगरी वृद्धहरूका लागि उपयोगी हुनेछन्। चीनले २०२५ सम्म प्रारम्भिक रोबोट नवप्रवर्तन प्रणाली स्थापना गर्ने र २०२७ सम्म औद्योगिक उत्पादनमा ल्याउने लक्ष्य राखेको छ।

प्रतिक्रिया दिनुहोस्