Trending
भेनेजुएलाको तेल किन्न भारतसँग सम्झौता भइसकेको ट्रम्पको दाबी     |     इरानद्वारा इयु सेनालाई आतङ्कवादी घोषणा     |     आयरल्यान्डसँग थाइल्यान्ड पराजित     |     चलचित्र पत्रकार सिटौलाको निधन     |     आयोजक एक्सेल्सियर र रेडियन्टको दोहोरो जित     |     जापानमा सन् २०२५ मा बालबालिकाको आत्महत्या दर उच्च     |     बेलायती प्रधानमन्त्रीको चीन भ्रमण उपलब्धिमूलक : प्रवक्ता     |     आईसीसी एसिया क्षेत्रको सम्मेलन नेपालमा हुने     |     चलचित्र ‘शिवांश’मा कैलाश खेरको स्वरमा ‘शिव ताण्डव’ गीत     |     सेन्सर बोर्डले गर्यो ‘आ बाट आमा’ को तारिफ     |    
विज्ञान र प्रविधि

२० किलोसम्मको सामान उठाउने र वृद्धको सेवा गर्ने मानवजस्तै रोबोट तयार

२६ चैत्र २०८१, मंगलवार ११:४६

एजेन्सी। चीनका प्रविधि कम्पनीहरूले मानिससरह व्यवहार गर्न सक्ने उन्नत एआई रोबोटहरू विकास गरिरहेका छन्।

बेइजिङको एक कम्पनीले बनाएको १.७ मिटर अग्लो, ६३ किलो तौलको रोबोटले प्रति सेकेन्ड ३.६ मिटर दौडन सक्छ र चार औंलाले २० किलोसम्म तौल उठाउन सक्छ।

रोबोटले गहन सिकाइ क्षमताको छ । त्यसले परिष्कृत कार्यहरू गर्न सक्छ । कम्पनीका सहसंस्थापक शी यूका अनुसार रोबोटहरूलाई मानिसहरूको घरको हिस्सा बनाउने अन्तिम लक्ष्य रहेको सुनाए ।

त्यस्तै अर्को कम्पनीले बायोनिक मांसपेशी र छाला प्रयोग गरी मानिससरह अनुहार र जीवनशैली भएको रोबोट बनाएको छ। तालिमपछि, यसले ६ प्रकारका भावना र २०० अनुहारका अभिव्यक्ति देखाउन सक्छ।

यी मानवोइड रोबोटहरू विशेषगरी वृद्धहरूका लागि उपयोगी हुनेछन्। चीनले २०२५ सम्म प्रारम्भिक रोबोट नवप्रवर्तन प्रणाली स्थापना गर्ने र २०२७ सम्म औद्योगिक उत्पादनमा ल्याउने लक्ष्य राखेको छ।

प्रतिक्रिया दिनुहोस्