Trending
भेनेजुएलाको तेल किन्न भारतसँग सम्झौता भइसकेको ट्रम्पको दाबी     |     इरानद्वारा इयु सेनालाई आतङ्कवादी घोषणा     |     आयरल्यान्डसँग थाइल्यान्ड पराजित     |     चलचित्र पत्रकार सिटौलाको निधन     |     आयोजक एक्सेल्सियर र रेडियन्टको दोहोरो जित     |     जापानमा सन् २०२५ मा बालबालिकाको आत्महत्या दर उच्च     |     बेलायती प्रधानमन्त्रीको चीन भ्रमण उपलब्धिमूलक : प्रवक्ता     |     आईसीसी एसिया क्षेत्रको सम्मेलन नेपालमा हुने     |     चलचित्र ‘शिवांश’मा कैलाश खेरको स्वरमा ‘शिव ताण्डव’ गीत     |     सेन्सर बोर्डले गर्यो ‘आ बाट आमा’ को तारिफ     |    
विज्ञान र प्रविधि

इन्टरनेट पहुँच विस्तारका लागि शुल्क घटाउन सुझाव

२९ चैत्र २०८१, शुक्रबार ११:१३

काठमाडौँ। उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले इन्टरनेट सेवा सुलभ र प्रभावकारी बनाउन शुल्क घटाउनुपर्ने सुझाव दिएको छ।

शुक्रबार अर्थमन्त्री विष्णु पौडेललाई बुझाइएको प्रतिवेदनमा इन्टरनेटको पहुँच बढाउने, ग्रामीण क्षेत्रमा ब्रोडब्यान्ड विस्तार गर्न ग्रामीण दूरसञ्चार कोष प्रयोग गर्ने उल्लेख छ।

आयोगले आईटी क्षेत्रमा सार्वजनिक निकायले नेपाली कम्पनीबाट सफ्टवेयर खरिद गर्नुपर्ने, पूँजीगत बजेटको कम्तीमा १०% आईटी पूर्वाधारमा लगानी गर्नुपर्ने, र नवीनतम प्रविधिहरूलाई समेट्ने नयाँ राष्ट्रिय आईटी नीति ल्याउनुपर्ने सिफारिस गरेको छ।

डिजिटल साक्षरता, साइबर सुरक्षा, नियमित बिजुली आपूर्ति, आईटी सेवा एकीकरण, र नागरिकमैत्री सेवा प्रवाहमा जोड दिँदै आयोगले आईटी क्षेत्रलाई रोजगारी र आर्थिक वृद्धिको मुख्य आधार बनाउन ‘डिजिटल नेपाल फ्रेमवर्क २.०’ ल्याउनुपर्ने बताएको छ।

साथै, विद्यालय तहबाट आईटी शिक्षा, उत्कृष्टता केन्द्र स्थापना, नेपाली भाषामा इन्टरनेट सामग्री विकास, वर्किङ सेन्टर र महिलामैत्री पूर्वाधार जस्ता प्रस्तावहरू पनि प्रतिवेदनमा समावेश छन्।

प्रतिक्रिया दिनुहोस्