Trending
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आधुनिक हवाई मार्गनिर्देशन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढ्यो     |     आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी     |     विदेशी मुद्राको सञ्चिति ४० खर्ब नाघ्यो     |     भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो     |     राजमार्गका होटल तथा रेस्टुरेन्टलाई मूल्यसूची राख्न र ग्राहकलाई बिल दिन विभागको निर्देशन     |     किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा     |     बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह     |     बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार     |     दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट     |     विश्वकप लिग-२ः क्यानडाविरुद्ध नेपालको जित     |    
विज्ञान र प्रविधि

इन्टरनेट पहुँच विस्तारका लागि शुल्क घटाउन सुझाव

२९ चैत्र २०८१, शुक्रबार ११:१३

काठमाडौँ। उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले इन्टरनेट सेवा सुलभ र प्रभावकारी बनाउन शुल्क घटाउनुपर्ने सुझाव दिएको छ।

शुक्रबार अर्थमन्त्री विष्णु पौडेललाई बुझाइएको प्रतिवेदनमा इन्टरनेटको पहुँच बढाउने, ग्रामीण क्षेत्रमा ब्रोडब्यान्ड विस्तार गर्न ग्रामीण दूरसञ्चार कोष प्रयोग गर्ने उल्लेख छ।

आयोगले आईटी क्षेत्रमा सार्वजनिक निकायले नेपाली कम्पनीबाट सफ्टवेयर खरिद गर्नुपर्ने, पूँजीगत बजेटको कम्तीमा १०% आईटी पूर्वाधारमा लगानी गर्नुपर्ने, र नवीनतम प्रविधिहरूलाई समेट्ने नयाँ राष्ट्रिय आईटी नीति ल्याउनुपर्ने सिफारिस गरेको छ।

डिजिटल साक्षरता, साइबर सुरक्षा, नियमित बिजुली आपूर्ति, आईटी सेवा एकीकरण, र नागरिकमैत्री सेवा प्रवाहमा जोड दिँदै आयोगले आईटी क्षेत्रलाई रोजगारी र आर्थिक वृद्धिको मुख्य आधार बनाउन ‘डिजिटल नेपाल फ्रेमवर्क २.०’ ल्याउनुपर्ने बताएको छ।

साथै, विद्यालय तहबाट आईटी शिक्षा, उत्कृष्टता केन्द्र स्थापना, नेपाली भाषामा इन्टरनेट सामग्री विकास, वर्किङ सेन्टर र महिलामैत्री पूर्वाधार जस्ता प्रस्तावहरू पनि प्रतिवेदनमा समावेश छन्।

प्रतिक्रिया दिनुहोस्