Trending
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आधुनिक हवाई मार्गनिर्देशन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढ्यो     |     आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी     |     विदेशी मुद्राको सञ्चिति ४० खर्ब नाघ्यो     |     भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो     |     राजमार्गका होटल तथा रेस्टुरेन्टलाई मूल्यसूची राख्न र ग्राहकलाई बिल दिन विभागको निर्देशन     |     किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा     |     बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह     |     बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार     |     दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट     |     विश्वकप लिग-२ः क्यानडाविरुद्ध नेपालको जित     |    
विज्ञान र प्रविधि

ग्यालेक्सी एस२५ अल्ट्रा १ टिबी नेपाली बजारमा

२ बैशाख २०८२, मंगलवार ११:१२

काठमाडौं। सामसङ नेपालले आफ्नो नयाँ फ्ल्यागशिप स्मार्टफोन ग्यालेक्सी एस२५ अल्ट्रा १ टिबी नेपाली बजारमा सार्वजनिक गरेको छ।

कम्पनीका अनुसार यो स्मार्टफोन १ टेराबाइटको विशाल स्टोरेज, एडभान्स ग्यालेक्सी एआई फिचरहरू, र सहज मल्टिटास्किङ क्षमतासहित सुसज्जित छ। यो डिभाइस टाइटेनियम सिल्भरब्लु र टाइटेनियम ग्रे रंगमा उपलब्ध हुनेछ। यसको मूल्य रु २,३४,९९९ निर्धारण गरिएको छ।

वैशाख ४ गतेदेखि देशभरिका सामसङका आधिकारिक स्टोरहरूमा फोन उपलब्ध हुनेछ। ग्राहकहरूले सामसङ हुलास फिनसर्भ हायर पर्चेज मार्फत उपलब्ध इन्स्टा फाइनान्स योजनाको प्रयोग गरी ०% ब्याजमा मासिक रु ११,७५० को किस्तामा फोन किन्न सक्नेछन्। यसका लागि नागरिकता प्रमाणपत्र मात्र पर्याप्त हुने कम्पनीले जनाएको छ।

त्यसैगरी, एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड मार्फत १ वर्षको एकपटकको ब्रेकेज इन्सुरेन्स पनि दिइनेछ। पुराना फोन साटेर नयाँ ग्यालेक्सी एस२५ सिरिजको स्मार्टफोन खरिद गर्न चाहनेका लागि सबकोफोन र आर्कोस्टोर मार्फत एक्सचेन्ज सुविधा समेत उपलब्ध हुनेछ।

प्रतिक्रिया दिनुहोस्