Trending
भेनेजुएलाको तेल किन्न भारतसँग सम्झौता भइसकेको ट्रम्पको दाबी     |     इरानद्वारा इयु सेनालाई आतङ्कवादी घोषणा     |     आयरल्यान्डसँग थाइल्यान्ड पराजित     |     चलचित्र पत्रकार सिटौलाको निधन     |     आयोजक एक्सेल्सियर र रेडियन्टको दोहोरो जित     |     जापानमा सन् २०२५ मा बालबालिकाको आत्महत्या दर उच्च     |     बेलायती प्रधानमन्त्रीको चीन भ्रमण उपलब्धिमूलक : प्रवक्ता     |     आईसीसी एसिया क्षेत्रको सम्मेलन नेपालमा हुने     |     चलचित्र ‘शिवांश’मा कैलाश खेरको स्वरमा ‘शिव ताण्डव’ गीत     |     सेन्सर बोर्डले गर्यो ‘आ बाट आमा’ को तारिफ     |    
विज्ञान र प्रविधि

महिलाले इलेक्ट्रिक स्कुटर खरिद गर्दा ३६ हजार भारतीय रुपैयाँसम्म अनुदान पाउने

२ बैशाख २०८२, मंगलवार ११:३३

काठमाडौं। भारतको नयाँ दिल्लीमा इलेक्ट्रिक स्कुटर खरिद गर्ने महिलाहरूका लागि ३६ हजार भारतीय रुपैयाँसम्मको अनुदान दिने योजना सार्वजनिक गरिएको छ।

दिल्ली सरकारले तयार पारेको प्रस्तावित ‘इलेक्ट्रिक भेइकल पोलिसी २.०’ अन्तर्गत यो सुविधा प्रदान गरिने भएको हो। मस्यौदाअनुसार, ड्राइभिङ लाइसेन्स प्राप्त गरेका पहिलो १० हजार महिलाहरूलाई यो अनुदान दिइनेछ।

सरकारले यो योजना महिलालाई विद्युतीय सवारीप्रति आकर्षित गर्ने, प्रदूषण नियन्त्रण गर्ने, र सहरमा वातावरणमैत्री यातायात प्रवर्द्धन गर्ने उद्देश्यले ल्याएको हो।

योजना लागू भएपछि योग्य महिलाले स्कुटर खरिद गर्दा अनुदानका लागि आवश्यक कागजातसहित आवेदन दिनुपर्नेछ, र स्वीकृति पाएपछि अनुदान बैंक खातामा जम्मा गरिनेछ। दिल्ली सरकारले यो नीति चाँडै कार्यान्वयनमा ल्याउने तयारी गरिरहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्