Trending
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आधुनिक हवाई मार्गनिर्देशन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढ्यो     |     आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी     |     विदेशी मुद्राको सञ्चिति ४० खर्ब नाघ्यो     |     भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो     |     राजमार्गका होटल तथा रेस्टुरेन्टलाई मूल्यसूची राख्न र ग्राहकलाई बिल दिन विभागको निर्देशन     |     किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा     |     बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह     |     बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार     |     दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट     |     विश्वकप लिग-२ः क्यानडाविरुद्ध नेपालको जित     |    
विज्ञान र प्रविधि

महिलाले इलेक्ट्रिक स्कुटर खरिद गर्दा ३६ हजार भारतीय रुपैयाँसम्म अनुदान पाउने

२ बैशाख २०८२, मंगलवार ११:३३

काठमाडौं। भारतको नयाँ दिल्लीमा इलेक्ट्रिक स्कुटर खरिद गर्ने महिलाहरूका लागि ३६ हजार भारतीय रुपैयाँसम्मको अनुदान दिने योजना सार्वजनिक गरिएको छ।

दिल्ली सरकारले तयार पारेको प्रस्तावित ‘इलेक्ट्रिक भेइकल पोलिसी २.०’ अन्तर्गत यो सुविधा प्रदान गरिने भएको हो। मस्यौदाअनुसार, ड्राइभिङ लाइसेन्स प्राप्त गरेका पहिलो १० हजार महिलाहरूलाई यो अनुदान दिइनेछ।

सरकारले यो योजना महिलालाई विद्युतीय सवारीप्रति आकर्षित गर्ने, प्रदूषण नियन्त्रण गर्ने, र सहरमा वातावरणमैत्री यातायात प्रवर्द्धन गर्ने उद्देश्यले ल्याएको हो।

योजना लागू भएपछि योग्य महिलाले स्कुटर खरिद गर्दा अनुदानका लागि आवश्यक कागजातसहित आवेदन दिनुपर्नेछ, र स्वीकृति पाएपछि अनुदान बैंक खातामा जम्मा गरिनेछ। दिल्ली सरकारले यो नीति चाँडै कार्यान्वयनमा ल्याउने तयारी गरिरहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्