Trending
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आधुनिक हवाई मार्गनिर्देशन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढ्यो     |     आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी     |     विदेशी मुद्राको सञ्चिति ४० खर्ब नाघ्यो     |     भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो     |     राजमार्गका होटल तथा रेस्टुरेन्टलाई मूल्यसूची राख्न र ग्राहकलाई बिल दिन विभागको निर्देशन     |     किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा     |     बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह     |     बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार     |     दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट     |     विश्वकप लिग-२ः क्यानडाविरुद्ध नेपालको जित     |    
विज्ञान र प्रविधि

स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडलाई पीसीआई–डीएसए प्रमाणीकरण प्राप्त

३ बैशाख २०८२, बुधबार ११:४६

काठमाडौँ। स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (SCT) ले पेमेन्ट कार्ड इन्डस्ट्री–डाटा सेक्युरिटी स्ट्यान्डर्ड्स (PCI-DSS) v.4.0.1 प्रमाणिकरण प्राप्त गरेको छ। यो प्रमाणीकरण भुक्तानी कार्ड डाटा सुरक्षा सुनिश्चित गर्न तयार गरिएको अन्तर्राष्ट्रिय सुरक्षात्मक मापदण्ड हो।

यस प्रमाणीकरणले SCT को प्रणाली, नेटवर्क र डाटा संरचनामा उच्चस्तरीय सुरक्षा सुनिश्चित गर्ने प्रमाणित गर्दछ। यस मापदण्डअनुसार डाटा चोरी, अनधिकृत पहुँच र साइबर आक्रमणबाट बच्नका लागि १२ सुरक्षा आवश्यकता र प्रक्रियाहरू निर्धारण गरिन्छ।

नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार, एससीटीले यो प्रमाणीकरण प्राप्त गरेको हो, जसले डिजिटल भुक्तानी सेवा पारदर्शिता र सुरक्षा बढाउनेमा योगदान पुर्याउँछ।

प्रतिक्रिया दिनुहोस्