Trending
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आधुनिक हवाई मार्गनिर्देशन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढ्यो     |     आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी     |     विदेशी मुद्राको सञ्चिति ४० खर्ब नाघ्यो     |     भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो     |     राजमार्गका होटल तथा रेस्टुरेन्टलाई मूल्यसूची राख्न र ग्राहकलाई बिल दिन विभागको निर्देशन     |     किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा     |     बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह     |     बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार     |     दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट     |     विश्वकप लिग-२ः क्यानडाविरुद्ध नेपालको जित     |    
विज्ञान र प्रविधि

डाइनामिक टेक्नोसफ्ट १६औँ वर्षमा, दुबई, मलेसिया र इन्डोनेसियामा सेवा विस्तार

१५ बैशाख २०८२, सोमबार १०:३७

काठमाडौं। नेपालको अग्रणी सफ्टवेयर कम्पनी डाइनामिक टेक्नोसफ्ट १६औँ वर्षमा प्रवेश गरेको छ। यो अवसरमा कम्पनीले आफ्ना सम्पूर्ण सफ्टवेयर उत्पादनमा १५ प्रतिशत छुट घोषणा गरेको छ।

सन् २०१० मा वीरगञ्जबाट सुरु भएको डाइनामिक टेक्नोसफ्टले हाल नेपाल, भारत र जापानमा २२०० भन्दा बढी ग्राहकहरूलाई सेवा दिइरहेको छ। शिक्षा, स्वास्थ्य, निर्माण र सेवा क्षेत्रमा डिजिटल रूपान्तरणलाई सहज बनाउन कम्पनीले विभिन्न ईआरपी सफ्टवेयरहरू विकास गर्दै आएको छ।

डाइनामिक टेक्नोसफ्ट आन्तरिक राजस्व विभागबाट प्रमाणित नेपालकै पहिलो ईआरपी प्रदायक हो। देशभर ५० भन्दा बढी डिलर र १०० भन्दा बढी प्राविधिकको टोली रहेको कम्पनीले दुबई, मलेसिया र इन्डोनेसियामा समेत सेवा विस्तार गर्ने तयारी गरिरहेको छ।

संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत दीपक साहले कम्पनीले प्रविधि क्षेत्रमा नयाँ आयाम स्थापित गरेको उल्लेख गर्दै आगामी दिनमा थप नवीनतम सेवा ल्याउने प्रतिवद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्