Trending
भेनेजुएलाको तेल किन्न भारतसँग सम्झौता भइसकेको ट्रम्पको दाबी     |     इरानद्वारा इयु सेनालाई आतङ्कवादी घोषणा     |     आयरल्यान्डसँग थाइल्यान्ड पराजित     |     चलचित्र पत्रकार सिटौलाको निधन     |     आयोजक एक्सेल्सियर र रेडियन्टको दोहोरो जित     |     जापानमा सन् २०२५ मा बालबालिकाको आत्महत्या दर उच्च     |     बेलायती प्रधानमन्त्रीको चीन भ्रमण उपलब्धिमूलक : प्रवक्ता     |     आईसीसी एसिया क्षेत्रको सम्मेलन नेपालमा हुने     |     चलचित्र ‘शिवांश’मा कैलाश खेरको स्वरमा ‘शिव ताण्डव’ गीत     |     सेन्सर बोर्डले गर्यो ‘आ बाट आमा’ को तारिफ     |    
विज्ञान र प्रविधि

टिकटकले नेपालमा ल्यायो ‘फ्यामिली पेयरिङ’ फिचर, किशोरहरूका लागि सुरक्षित इन्टरनेट प्रयोगलाई बढावा

२० बैशाख २०८२, शनिबार ११:११

काठमाडौं। सामाजिक सञ्जाल प्लेटफर्म टिकटकले नेपालमा किशोर प्रयोगकर्ताहरूका लागि सुरक्षित र जिम्मेवार डिजिटल अनुभव सुनिश्चित गर्न ‘फ्यामिली पेयरिङ’ फिचर सार्वजनिक गरेको छ।

यस सुविधामार्फत अभिभावकहरूले आफ्ना छोराछोरीको टिकटक एकाउन्ट आफ्नै एकाउन्टसँग जोड्न सक्नेछन्। एकचोटि जोडिएपछि, उनीहरूले १५ भन्दा बढी कस्टमाइज गर्न मिल्ने गोपनीयता, सुरक्षा र डिजिटल वेलबिइङसँग सम्बन्धित सेटिङहरू नियन्त्रण गर्न सक्छन्।

मुख्य फिचरहरूमा दैनिक स्क्रिन समय सीमित गर्नु, म्यासेज र कमेन्ट नियन्त्रण गर्नु, उमेरअनुसारको कन्टेन्ट देखाउने, अकाउन्ट खोज्न मिल्ने/नमिल्ने बनाउनु, र सर्च सेटिङ नियन्त्रण गर्नेजस्ता विकल्पहरू छन्।

यो फिचर सुरु गर्न टिकटकको ‘सेटिङ्स एण्ड प्राइभेसी’ मेनुमा गएर क्यूआर कोड स्क्यान गर्नुपर्छ। यसपछि अभिभावकले आफ्नै मोबाइलबाट बच्चाको सेफ्टी सेटिङहरू परिवर्तन गर्न सक्छन्—बिना उनीहरूको फोन छोइकन।

टिकटकले नेपालमा यस फिचरको व्यापक प्रचारका लागि चर्चित सेलिब्रिटी र डिजिटल इन्फ्लुएन्सरहरूसँग सहकार्य गर्दै जनचेतनामूलक अभियान सञ्चालन गर्दैछ। अभियान विभिन्न मिडिया, बिलबोर्ड र सामाजिक सञ्जालमार्फत सञ्चालन हुनेछ।

प्रतिक्रिया दिनुहोस्