Trending
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आधुनिक हवाई मार्गनिर्देशन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढ्यो     |     आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी     |     विदेशी मुद्राको सञ्चिति ४० खर्ब नाघ्यो     |     भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो     |     राजमार्गका होटल तथा रेस्टुरेन्टलाई मूल्यसूची राख्न र ग्राहकलाई बिल दिन विभागको निर्देशन     |     किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा     |     बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह     |     बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार     |     दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट     |     विश्वकप लिग-२ः क्यानडाविरुद्ध नेपालको जित     |    
विज्ञान र प्रविधि

टिकटकले नेपालमा ल्यायो ‘फ्यामिली पेयरिङ’ फिचर, किशोरहरूका लागि सुरक्षित इन्टरनेट प्रयोगलाई बढावा

२० बैशाख २०८२, शनिबार ११:११

काठमाडौं। सामाजिक सञ्जाल प्लेटफर्म टिकटकले नेपालमा किशोर प्रयोगकर्ताहरूका लागि सुरक्षित र जिम्मेवार डिजिटल अनुभव सुनिश्चित गर्न ‘फ्यामिली पेयरिङ’ फिचर सार्वजनिक गरेको छ।

यस सुविधामार्फत अभिभावकहरूले आफ्ना छोराछोरीको टिकटक एकाउन्ट आफ्नै एकाउन्टसँग जोड्न सक्नेछन्। एकचोटि जोडिएपछि, उनीहरूले १५ भन्दा बढी कस्टमाइज गर्न मिल्ने गोपनीयता, सुरक्षा र डिजिटल वेलबिइङसँग सम्बन्धित सेटिङहरू नियन्त्रण गर्न सक्छन्।

मुख्य फिचरहरूमा दैनिक स्क्रिन समय सीमित गर्नु, म्यासेज र कमेन्ट नियन्त्रण गर्नु, उमेरअनुसारको कन्टेन्ट देखाउने, अकाउन्ट खोज्न मिल्ने/नमिल्ने बनाउनु, र सर्च सेटिङ नियन्त्रण गर्नेजस्ता विकल्पहरू छन्।

यो फिचर सुरु गर्न टिकटकको ‘सेटिङ्स एण्ड प्राइभेसी’ मेनुमा गएर क्यूआर कोड स्क्यान गर्नुपर्छ। यसपछि अभिभावकले आफ्नै मोबाइलबाट बच्चाको सेफ्टी सेटिङहरू परिवर्तन गर्न सक्छन्—बिना उनीहरूको फोन छोइकन।

टिकटकले नेपालमा यस फिचरको व्यापक प्रचारका लागि चर्चित सेलिब्रिटी र डिजिटल इन्फ्लुएन्सरहरूसँग सहकार्य गर्दै जनचेतनामूलक अभियान सञ्चालन गर्दैछ। अभियान विभिन्न मिडिया, बिलबोर्ड र सामाजिक सञ्जालमार्फत सञ्चालन हुनेछ।

प्रतिक्रिया दिनुहोस्