Trending
किष्ट किड्नी ट्रान्सप्लान्ट सेन्टरद्वारा २०० सफल मिर्गौला प्रत्यारोपण     |     शीतल पाण्डेको प्रस्तुति ‘गाली नि मीठो’ सार्वजनिक     |     म्युजिक भिडियो कलाकार सङ्घको वार्षिक क्यालेन्डर विमोचन     |     डीडीसीको महाप्रबन्धकमा डा. शरण पाण्डे नियुक्त     |     किष्ट हस्पिटल नेपालकै उच्च सफल कलेजो प्रत्यारोपण दरको कीर्तिमान कायम     |     देउवा परिवारको छायाँमा हङकङ दूतावास? विन्देश्वर लेखक फिर्तापछि रमेश लेखक र भानु–योगेन्द्र कनेक्सनमाथि प्रश्न     |     रक्की माउन्टेनले कोलोराडोमा मनायो नेपाली नयाँ वर्ष     |     चलचित्रमा छुटेको ‘काली–कर्णाली’     |     बाल साहित्य महोत्सव (दोस्रो संस्करण)मा बाल विकासको सफलता     |     प्रकाश खड्काको पहलमा कर्णाली हाइ अल्टिच्यूड ट्रेनिङ सेन्टरका लागि जुम्लामा जग्गा सुनिश्चित     |    
विज्ञान र प्रविधि

सन् २०२५ देखि आइफोनमा जेमिनी एआई, प्रयोगकर्तालाई च्याटबटमा नयाँ विकल्प

२० बैशाख २०८२, शनिबार ११:१२

काठमाडौं। गुगलका सीईओ सुन्दर पिचाईले गुगलको शक्तिशाली एआई प्रणाली जेमिनी निकट भविष्यमा आइफोनमा प्रयोग गर्न सकिने बताएका छन्।

गुगल र एप्पलबीच यस विषयमा छलफल भइरहेको छ र सन् २०२५ को मध्यसम्म सम्झौता हुन सक्ने अनुमान गरिएको छ। यदि सम्झौता भयो भने, जेमिनी एआईको एकीकरण आईओएसका आगामी अपडेट (जस्तै iOS 18.2) मार्फत हुनेछ, जसले प्रयोगकर्तालाई सिरीसँगै जेमिनी एआई प्रयोग गर्ने सुविधा दिनेछ।

हाल सिरीले केही उत्तरहरू दिन नसक्दा च्याटजीपीटीको सहायता लिन्छे। सम्झौता भएपछि, जेमिनी एआई पनि अर्को विकल्प बन्नेछ। हाल प्रयोगकर्ताले जेमिनी प्रयोग गर्न एप डाउनलोड गर्नुपर्छ, तर सम्झौता भएमा जेमिनी इनबिल्ट रूपमा आइफोनमा उपलब्ध हुनेछ।

यसले लेखन, जानकारी खोज, संवाद जस्ता सुविधामा प्रयोगकर्तालाई स्मार्ट अनुभव दिनेछ। एप्पल पनि सिरीलाई स्मार्ट बनाउन सिरी 2.0 मा काम गरिरहेको छ, तर यो प्रोजेक्ट हाललाई स्थगित छ। जेमिनीको एकीकरणले सिरीलाई थप शक्तिशाली बनाउन सहयोग गर्ने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस्