Trending
भेनेजुएलाको तेल किन्न भारतसँग सम्झौता भइसकेको ट्रम्पको दाबी     |     इरानद्वारा इयु सेनालाई आतङ्कवादी घोषणा     |     आयरल्यान्डसँग थाइल्यान्ड पराजित     |     चलचित्र पत्रकार सिटौलाको निधन     |     आयोजक एक्सेल्सियर र रेडियन्टको दोहोरो जित     |     जापानमा सन् २०२५ मा बालबालिकाको आत्महत्या दर उच्च     |     बेलायती प्रधानमन्त्रीको चीन भ्रमण उपलब्धिमूलक : प्रवक्ता     |     आईसीसी एसिया क्षेत्रको सम्मेलन नेपालमा हुने     |     चलचित्र ‘शिवांश’मा कैलाश खेरको स्वरमा ‘शिव ताण्डव’ गीत     |     सेन्सर बोर्डले गर्यो ‘आ बाट आमा’ को तारिफ     |    
विज्ञान र प्रविधि

सन् २०२५ देखि आइफोनमा जेमिनी एआई, प्रयोगकर्तालाई च्याटबटमा नयाँ विकल्प

२० बैशाख २०८२, शनिबार ११:१२

काठमाडौं। गुगलका सीईओ सुन्दर पिचाईले गुगलको शक्तिशाली एआई प्रणाली जेमिनी निकट भविष्यमा आइफोनमा प्रयोग गर्न सकिने बताएका छन्।

गुगल र एप्पलबीच यस विषयमा छलफल भइरहेको छ र सन् २०२५ को मध्यसम्म सम्झौता हुन सक्ने अनुमान गरिएको छ। यदि सम्झौता भयो भने, जेमिनी एआईको एकीकरण आईओएसका आगामी अपडेट (जस्तै iOS 18.2) मार्फत हुनेछ, जसले प्रयोगकर्तालाई सिरीसँगै जेमिनी एआई प्रयोग गर्ने सुविधा दिनेछ।

हाल सिरीले केही उत्तरहरू दिन नसक्दा च्याटजीपीटीको सहायता लिन्छे। सम्झौता भएपछि, जेमिनी एआई पनि अर्को विकल्प बन्नेछ। हाल प्रयोगकर्ताले जेमिनी प्रयोग गर्न एप डाउनलोड गर्नुपर्छ, तर सम्झौता भएमा जेमिनी इनबिल्ट रूपमा आइफोनमा उपलब्ध हुनेछ।

यसले लेखन, जानकारी खोज, संवाद जस्ता सुविधामा प्रयोगकर्तालाई स्मार्ट अनुभव दिनेछ। एप्पल पनि सिरीलाई स्मार्ट बनाउन सिरी 2.0 मा काम गरिरहेको छ, तर यो प्रोजेक्ट हाललाई स्थगित छ। जेमिनीको एकीकरणले सिरीलाई थप शक्तिशाली बनाउन सहयोग गर्ने विश्वास गरिएको छ।

प्रतिक्रिया दिनुहोस्