Trending
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आधुनिक हवाई मार्गनिर्देशन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढ्यो     |     आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी     |     विदेशी मुद्राको सञ्चिति ४० खर्ब नाघ्यो     |     भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो     |     राजमार्गका होटल तथा रेस्टुरेन्टलाई मूल्यसूची राख्न र ग्राहकलाई बिल दिन विभागको निर्देशन     |     किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा     |     बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह     |     बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार     |     दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट     |     विश्वकप लिग-२ः क्यानडाविरुद्ध नेपालको जित     |    
विज्ञान र प्रविधि

ट्रम्पको भन्सार नीतिपछि एप्पलको ठूलो निर्णय, भारत र भियतनाम बन्छन् उत्पादन केन्द्र

२० बैशाख २०८२, शनिबार ११:१४

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भन्सार नीतिपछि एप्पलले आफ्नो उत्पादन चीनबाट भारत र भियतनामतर्फ सार्ने निर्णय गरेको छ। एप्पलका सीईओ टिम कुकले आगामी महिनादेखि अमेरिकामा बेचिने अधिकांश आईफोन भारतमा निर्मित हुने बताएका छन्।

त्यस्तै, आईप्याड, म्याकबुक, एप्पल वाच र एयरपडको उत्पादन अब भियतनाममा केन्द्रित हुने छ। कम्पनीले अमेरिकी ट्यारिफले यस त्रैमासिकमा ९०० मिलियन डलर बराबरको लागत थपिने अनुमान गरेको छ।

यद्यपि, ट्रम्प प्रशासनले पछिल्लो निर्णय अनुसार मुख्य इलेक्ट्रोनिक वस्तुहरूलाई ट्यारिफबाट बाहिर राखेको छ। कुकले एप्पलले आगामी चार वर्षमा अमेरिकाका विभिन्न राज्यमा ५०० अर्ब डलर लगानी गर्ने योजना सार्वजनिक गरेका छन्।

भारत र भियतनामबाट आपूर्ति श्रृंखला सर्ने भए पनि अमेरिकाबाहिरका बजारमा चीनकै उत्पादन कायम रहनेछ। ट्यारिफ घोषणापछि एप्पलको सेयरमा गिरावट आएको थियो, तर कम्पनीको राजस्वमा ५% वृद्धि भई यो त्रैमासिकमा ९५.४ अर्ब डलर पुगेको छ।

त्यस्तै, अमेजनले पनि ई-कमर्स व्यवसायमा ८% वृद्धि भएको जनाएको छ। प्रविधि विश्लेषक प्याट्रिक मूरहेडका अनुसार, भारततर्फ आईफोन उत्पादन सार्ने एप्पलको निर्णयले विश्वव्यापी आपूर्ति शृंखलामा ठूलो परिवर्तन ल्याउनेछ।

प्रतिक्रिया दिनुहोस्