Trending
भेनेजुएलाको तेल किन्न भारतसँग सम्झौता भइसकेको ट्रम्पको दाबी     |     इरानद्वारा इयु सेनालाई आतङ्कवादी घोषणा     |     आयरल्यान्डसँग थाइल्यान्ड पराजित     |     चलचित्र पत्रकार सिटौलाको निधन     |     आयोजक एक्सेल्सियर र रेडियन्टको दोहोरो जित     |     जापानमा सन् २०२५ मा बालबालिकाको आत्महत्या दर उच्च     |     बेलायती प्रधानमन्त्रीको चीन भ्रमण उपलब्धिमूलक : प्रवक्ता     |     आईसीसी एसिया क्षेत्रको सम्मेलन नेपालमा हुने     |     चलचित्र ‘शिवांश’मा कैलाश खेरको स्वरमा ‘शिव ताण्डव’ गीत     |     सेन्सर बोर्डले गर्यो ‘आ बाट आमा’ को तारिफ     |    
विज्ञान र प्रविधि

ट्रम्पको भन्सार नीतिपछि एप्पलको ठूलो निर्णय, भारत र भियतनाम बन्छन् उत्पादन केन्द्र

२० बैशाख २०८२, शनिबार ११:१४

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भन्सार नीतिपछि एप्पलले आफ्नो उत्पादन चीनबाट भारत र भियतनामतर्फ सार्ने निर्णय गरेको छ। एप्पलका सीईओ टिम कुकले आगामी महिनादेखि अमेरिकामा बेचिने अधिकांश आईफोन भारतमा निर्मित हुने बताएका छन्।

त्यस्तै, आईप्याड, म्याकबुक, एप्पल वाच र एयरपडको उत्पादन अब भियतनाममा केन्द्रित हुने छ। कम्पनीले अमेरिकी ट्यारिफले यस त्रैमासिकमा ९०० मिलियन डलर बराबरको लागत थपिने अनुमान गरेको छ।

यद्यपि, ट्रम्प प्रशासनले पछिल्लो निर्णय अनुसार मुख्य इलेक्ट्रोनिक वस्तुहरूलाई ट्यारिफबाट बाहिर राखेको छ। कुकले एप्पलले आगामी चार वर्षमा अमेरिकाका विभिन्न राज्यमा ५०० अर्ब डलर लगानी गर्ने योजना सार्वजनिक गरेका छन्।

भारत र भियतनामबाट आपूर्ति श्रृंखला सर्ने भए पनि अमेरिकाबाहिरका बजारमा चीनकै उत्पादन कायम रहनेछ। ट्यारिफ घोषणापछि एप्पलको सेयरमा गिरावट आएको थियो, तर कम्पनीको राजस्वमा ५% वृद्धि भई यो त्रैमासिकमा ९५.४ अर्ब डलर पुगेको छ।

त्यस्तै, अमेजनले पनि ई-कमर्स व्यवसायमा ८% वृद्धि भएको जनाएको छ। प्रविधि विश्लेषक प्याट्रिक मूरहेडका अनुसार, भारततर्फ आईफोन उत्पादन सार्ने एप्पलको निर्णयले विश्वव्यापी आपूर्ति शृंखलामा ठूलो परिवर्तन ल्याउनेछ।

प्रतिक्रिया दिनुहोस्