Trending
इरानसँग नेपाल पराजित     |     तिहारमा पनि डोल्पामा वार्षिक परीक्षा सञ्चालन     |     काभा भलिबलमा नेपालको जित     |     रुकुम पश्चिममा जिप दुर्घटना सात जनाको मृत्यु, १० जना घाइते     |     जुम्लामा बिजुली सर्टका कारण आगलागी     |     दोस्रो दिन पनि हाउसफुलका साथ ‘वरिष्ठ बलराम’     |     ट्रम्पद्वारा क्यानडासँगको व्यापार वार्ता अन्त्यको घोषणा     |     आत्मदाह प्रयास गरेकी गायिका नितु पौडेलको मृत्यु     |     त्रिदेशीय मैत्रीपूर्ण फुटबल : नेपालले इरानसँग खेल्दै     |     हलमा ‘वरिष्ठ बलराम’, दर्शकले भने– माटो सुहाउँदो स्टोरी     |    
विज्ञान र प्रविधि

काईयी एक्सचेन्ज कर्निभल २०८२: पुराना गाडी साटेर नयाँ EV मा अपराजेय अफर

२० बैशाख २०८२, शनिबार ११:१६

काठमाडौं। लक्ष्मी ई-मोबिलिटी र जी.ओ. अटोमोबाइल्सको संयुक्त आयोजनामा “काईयी एक्सचेन्ज कर्निभल २०८२” को घोषणा गरिएको छ। वैशाख २६ देखि २८ गते (मे ९–११) सम्म थापाथलीस्थित काईयी शोरूम नजिक यो कार्यक्रम हुनेछ।

पुराना गाडी ल्याएर तुरुन्त मूल्यांकन गराउन सकिने यस अफरमा, सबै ब्रान्डका गाडी स्वीकार गरिने छन्। मूल्यांकन गर्ने ग्राहकले QFX टिकट (२ जना) निःशुल्क पाउनेछन्। साथै, नगद छुट, बेस्ट रिसेल भ्यालु, विशेष एक्सचेन्ज बोनस, रोड ट्याक्स र बीमा कवरेजको सुविधा पनि प्रदान गरिनेछ।

E-Qute, Bosch Jet Car Washer, X3 Pro EV बुकिङमा आकर्षक उपहार उपलब्ध छन्। कार्यक्रममा संगीत, खेल, र पारिवारिक मनोरञ्जन पनि रहनेछ। प्रदर्शनमा रहने विद्युतीय मोडेलहरू:

E-Qute 02 – सानो सिटी कार
E-Qute 04 – बहुपर्याय उपयोगको लागि
X3 Pro EV – पावर र कम्फर्टयुक्त SUV

कम्पनीको उद्देश्य स्मार्ट र सफा मोबिलिटी प्रवर्द्धन गर्नु हो। काईयी अटो चीनको यीबिनमा आधारित अन्तर्राष्ट्रिय कम्पनी हो, जसका सवारी नेपालमा लक्ष्मी ई-मोबिलिटी र जी.ओ. अटोमोबाइल्समार्फत वितरित हुन्छन्।

प्रतिक्रिया दिनुहोस्