Trending
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आधुनिक हवाई मार्गनिर्देशन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढ्यो     |     आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी     |     विदेशी मुद्राको सञ्चिति ४० खर्ब नाघ्यो     |     भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो     |     राजमार्गका होटल तथा रेस्टुरेन्टलाई मूल्यसूची राख्न र ग्राहकलाई बिल दिन विभागको निर्देशन     |     किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा     |     बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह     |     बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार     |     दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट     |     विश्वकप लिग-२ः क्यानडाविरुद्ध नेपालको जित     |    
विज्ञान र प्रविधि

काईयी एक्सचेन्ज कर्निभल २०८२: पुराना गाडी साटेर नयाँ EV मा अपराजेय अफर

२० बैशाख २०८२, शनिबार ११:१६

काठमाडौं। लक्ष्मी ई-मोबिलिटी र जी.ओ. अटोमोबाइल्सको संयुक्त आयोजनामा “काईयी एक्सचेन्ज कर्निभल २०८२” को घोषणा गरिएको छ। वैशाख २६ देखि २८ गते (मे ९–११) सम्म थापाथलीस्थित काईयी शोरूम नजिक यो कार्यक्रम हुनेछ।

पुराना गाडी ल्याएर तुरुन्त मूल्यांकन गराउन सकिने यस अफरमा, सबै ब्रान्डका गाडी स्वीकार गरिने छन्। मूल्यांकन गर्ने ग्राहकले QFX टिकट (२ जना) निःशुल्क पाउनेछन्। साथै, नगद छुट, बेस्ट रिसेल भ्यालु, विशेष एक्सचेन्ज बोनस, रोड ट्याक्स र बीमा कवरेजको सुविधा पनि प्रदान गरिनेछ।

E-Qute, Bosch Jet Car Washer, X3 Pro EV बुकिङमा आकर्षक उपहार उपलब्ध छन्। कार्यक्रममा संगीत, खेल, र पारिवारिक मनोरञ्जन पनि रहनेछ। प्रदर्शनमा रहने विद्युतीय मोडेलहरू:

E-Qute 02 – सानो सिटी कार
E-Qute 04 – बहुपर्याय उपयोगको लागि
X3 Pro EV – पावर र कम्फर्टयुक्त SUV

कम्पनीको उद्देश्य स्मार्ट र सफा मोबिलिटी प्रवर्द्धन गर्नु हो। काईयी अटो चीनको यीबिनमा आधारित अन्तर्राष्ट्रिय कम्पनी हो, जसका सवारी नेपालमा लक्ष्मी ई-मोबिलिटी र जी.ओ. अटोमोबाइल्समार्फत वितरित हुन्छन्।

प्रतिक्रिया दिनुहोस्