Trending
रुपन्देही–३ उपनिर्वाचनमा रास्वपाको उम्मेदवार डा. लेखजंग थापा     |     पेट्रोलियम पदार्थको मूल्य घट्यो     |     चौथो खेलमा नेपाल ए आसामसँग पराजित     |     नेपालले भुटानसँग बराबरी गर्दै साफ यू–१७ च्याम्पियनसिप तेस्रो बनायो     |     चीन भ्रमणमा प्रधानमन्त्री ओली : तियानजिनमा धान क्षेत्र अवलोकन     |     कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पूर्वानुमान     |     यस्तो छ विदेशी मुद्राको विनिमय दर     |     सुदूरपश्चिममा गौरापर्व : आज मुख्य दिन अठ्यावाली     |     “दृश्यमा नेपाल” अभियानअन्तर्गत “तिम्रो साथमा” भिडियोले कोशी पर्यटन वर्षलाई टेवा     |     भारतले जित्यो साफ यू–१७ महिला च्याम्पियनसिपको उपाधि     |    
विज्ञान र प्रविधि

उच्चस्तरीय व्यवस्थापन समूहको बैठक : साझा कार्यक्रमलाई कार्यान्वयन गर्दै अघि बढने निर्णय

९ आश्विन २०८१, बुधबार १३:३२

९ असोज, काठमाडौँ। अर्थ मन्त्रालयले सरकारको न्यूनतम साझा कार्यक्रममा समावेश विषयहरुलाई विशेष ध्यान दिएर अर्थ मन्त्रालयका नीति तथा कार्यक्रम र गतिविधिहरुमा समावेश गरी अघि बढाउने निर्णय गरेको छ ।

अर्थ मन्त्रालयमा आज बसेको उच्चस्तरीय व्यवस्थापन समूहको बैठकले अर्थ मन्त्रालयले एक दिनमा गर्ने कार्यक्रममा पनि न्यूनतम साझा कार्यक्रममा उल्लेखित विषयहरुलाई समावेश गरी कार्यान्वयन गर्ने निर्णय गरेको हो ।

२०८१ साल असोज २ गते कार्यदलले प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई न्यूनतम साझा कार्यक्रम हस्तान्तरण गरेको थियो । सोही दिन बसेको मन्त्रिपरिषद्को बैठकले सरकारको न्यूनतम कार्यक्रम पारित गरी कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।

सरकारको न्यूनतम साझा कार्यक्रममा अर्थतन्त्रलाई चलायमान बनाउने, युवा साझेदारी कार्यक्रमलाई अघि बढाउने लगायतका विषय छन् । बैठकले एक सय दिनमा सम्पन्न गर्नुपर्ने कार्यक्रम, अन्तरमन्त्रालय समन्वय, राजस्व परिचालन, पुँजीगत खर्च, अर्थ मन्त्रालयको वार्षिक बजेटको कार्यान्वयन लगायतका विषयहरुलाई विशेष प्राथमिकता दिने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्