Trending
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आधुनिक हवाई मार्गनिर्देशन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढ्यो     |     आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी     |     विदेशी मुद्राको सञ्चिति ४० खर्ब नाघ्यो     |     भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो     |     राजमार्गका होटल तथा रेस्टुरेन्टलाई मूल्यसूची राख्न र ग्राहकलाई बिल दिन विभागको निर्देशन     |     किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा     |     बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह     |     बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार     |     दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट     |     विश्वकप लिग-२ः क्यानडाविरुद्ध नेपालको जित     |    
विज्ञान र प्रविधि

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपास चंगा, ड्रोन, बेलुन उडाउन निषेध

१० आश्विन २०८१, बिहीबार ०४:०६

१० असोज,काठमाडौँ। काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपास क्षेत्रमा चंगा, ड्रोन तथा बेलुन उडाए कारबाही हुने भएको छ ।

विमानस्थलको हवाई आवागमन हुने तथा आसपासको क्षेत्रमा चंगा, ड्रोन, बेलुन उडाउने कार्य निषेध गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले बिहीबार सूचनामार्फत जानकारी दिएको छ ।

‘कसैले यस सूचनाको अवज्ञा वा अटेर गरी यस्ता गतिविधि गरे वा गराएको पाइएमा प्रचलित कानुनअनुसार कडा कारबाही हुनेछ,’ कार्यालयको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्