Trending
इरानसँग नेपाल पराजित     |     तिहारमा पनि डोल्पामा वार्षिक परीक्षा सञ्चालन     |     काभा भलिबलमा नेपालको जित     |     रुकुम पश्चिममा जिप दुर्घटना सात जनाको मृत्यु, १० जना घाइते     |     जुम्लामा बिजुली सर्टका कारण आगलागी     |     दोस्रो दिन पनि हाउसफुलका साथ ‘वरिष्ठ बलराम’     |     ट्रम्पद्वारा क्यानडासँगको व्यापार वार्ता अन्त्यको घोषणा     |     आत्मदाह प्रयास गरेकी गायिका नितु पौडेलको मृत्यु     |     त्रिदेशीय मैत्रीपूर्ण फुटबल : नेपालले इरानसँग खेल्दै     |     हलमा ‘वरिष्ठ बलराम’, दर्शकले भने– माटो सुहाउँदो स्टोरी     |    
विज्ञान र प्रविधि

एनसेलले भने :फाइभजी तत्काल सम्भव छैन

३१ जेष्ठ २०८२, शुक्रबार १०:३९

काठमाडौं। एनसेलका प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले कम्पनीको आम्दानी घटिरहेको र अत्यधिक ट्याक्स तथा स्पेक्ट्रम फीका कारण नेपालमा फाइभजी प्रविधि तत्काल ल्याउन नसकिने बताएका छन्।

एनसेलद्वारा बिहीबार आयोजित ‘बिल्डिङ सस्टेनाबिलिटी : डिजिटल टुमरो’ कार्यक्रममा बोल्दै उनले सरकारको उच्च कर संरचना, कस्टम ड्युटी र स्पेक्ट्रम शुल्कका कारण फाइभजी ल्याउन ठूलो आर्थिक बोझ पर्ने उल्लेख गरे।

उनका अनुसार काठमाडौं र ललितपुरमा मात्र फाइभजी ल्याउन १५.५ अर्ब रुपैयाँ खर्च लाग्नेछ भने देशभर विस्तार गर्न ६४.५ अर्ब रुपैयाँ आवश्यक पर्छ।

कायुमोभले सरकारसँग नीति र कर सम्बन्धी सहयोग माग गर्दै फाइभजी सम्भव भए पनि तत्कालको लागि व्यवहारिक नरहेको बताए। एनसेलले अबको दिनमा नयाँ बिजनेस मोडेल, सब्सक्रिप्सन आधारित योजना ल्याउने तयारी गरेको छ। साथै कम्पनीले सन् २०२५ भित्र थ्रीजी र दुई वर्षभित्र टूजी नेटवर्क बन्द गर्ने योजना बनाएको पनि जानकारी गराएको छ।

प्रतिक्रिया दिनुहोस्