Trending
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आधुनिक हवाई मार्गनिर्देशन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढ्यो     |     आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी     |     विदेशी मुद्राको सञ्चिति ४० खर्ब नाघ्यो     |     भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो     |     राजमार्गका होटल तथा रेस्टुरेन्टलाई मूल्यसूची राख्न र ग्राहकलाई बिल दिन विभागको निर्देशन     |     किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा     |     बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह     |     बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार     |     दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट     |     विश्वकप लिग-२ः क्यानडाविरुद्ध नेपालको जित     |    
विज्ञान र प्रविधि

एनसेलले भने :फाइभजी तत्काल सम्भव छैन

३१ जेष्ठ २०८२, शुक्रबार १०:३९

काठमाडौं। एनसेलका प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले कम्पनीको आम्दानी घटिरहेको र अत्यधिक ट्याक्स तथा स्पेक्ट्रम फीका कारण नेपालमा फाइभजी प्रविधि तत्काल ल्याउन नसकिने बताएका छन्।

एनसेलद्वारा बिहीबार आयोजित ‘बिल्डिङ सस्टेनाबिलिटी : डिजिटल टुमरो’ कार्यक्रममा बोल्दै उनले सरकारको उच्च कर संरचना, कस्टम ड्युटी र स्पेक्ट्रम शुल्कका कारण फाइभजी ल्याउन ठूलो आर्थिक बोझ पर्ने उल्लेख गरे।

उनका अनुसार काठमाडौं र ललितपुरमा मात्र फाइभजी ल्याउन १५.५ अर्ब रुपैयाँ खर्च लाग्नेछ भने देशभर विस्तार गर्न ६४.५ अर्ब रुपैयाँ आवश्यक पर्छ।

कायुमोभले सरकारसँग नीति र कर सम्बन्धी सहयोग माग गर्दै फाइभजी सम्भव भए पनि तत्कालको लागि व्यवहारिक नरहेको बताए। एनसेलले अबको दिनमा नयाँ बिजनेस मोडेल, सब्सक्रिप्सन आधारित योजना ल्याउने तयारी गरेको छ। साथै कम्पनीले सन् २०२५ भित्र थ्रीजी र दुई वर्षभित्र टूजी नेटवर्क बन्द गर्ने योजना बनाएको पनि जानकारी गराएको छ।

प्रतिक्रिया दिनुहोस्