Trending
भेनेजुएलाको तेल किन्न भारतसँग सम्झौता भइसकेको ट्रम्पको दाबी     |     इरानद्वारा इयु सेनालाई आतङ्कवादी घोषणा     |     आयरल्यान्डसँग थाइल्यान्ड पराजित     |     चलचित्र पत्रकार सिटौलाको निधन     |     आयोजक एक्सेल्सियर र रेडियन्टको दोहोरो जित     |     जापानमा सन् २०२५ मा बालबालिकाको आत्महत्या दर उच्च     |     बेलायती प्रधानमन्त्रीको चीन भ्रमण उपलब्धिमूलक : प्रवक्ता     |     आईसीसी एसिया क्षेत्रको सम्मेलन नेपालमा हुने     |     चलचित्र ‘शिवांश’मा कैलाश खेरको स्वरमा ‘शिव ताण्डव’ गीत     |     सेन्सर बोर्डले गर्यो ‘आ बाट आमा’ को तारिफ     |    
विज्ञान र प्रविधि

फोनलोनसँगको सहकार्यमा हाम्रोबजारको ‘बाइ नाउ, पे लेटर’ सार्वजनिक

१० आश्विन २०८१, बिहीबार ०९:५७

काठमाडौँ। अनलाइन मार्केटप्लेस हाम्रो बजारले फोनलोनसँगको सहकार्यमा ‘बाइ नाउ, पे लेटर’ फिचर सार्वजनिक गरेको छ ।

यो अफरलाई ‘हाम्रोबीएनपीएल’ नाम दिइएको छ। अब हाम्रो बजारबाट सामान खरिद गर्न चाहने फोनलोनका योग्य ग्राहकहरुले हाम्रो बजारबाट मासिक किस्ताबन्दीको सुविधामा सामान किन्न सक्ने छन्। किस्ताबन्दीको सुविधाले हाम्रो बजारलाई अझ सहज र किफायती बनाउन सघाउने हाम्रो विश्वास छ।

कुमारी बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, लक्ष्मी सनराइज बैंक र कृषि विकास बैंकका फोनलोन प्रयोगकर्ताहरुले किस्ताबन्दीको सुविधा आ-आफ्नो मोबाइल बैंकिङ एपबाटै सजिलै प्रयोग गर्न सक्छन्।

हाम्रोबीएनपीएलमार्फत ग्राहकहरुले ६ महिनासम्मको किस्ताबन्दी सुविधामा कुनै ब्याज तिर्नुपर्दैन। ९ देखि १२ महिनाको स्ट्यान्डर्ड इएमआई लिने प्रयोगकर्ताहरुले भने डाउनपेमेन्ट बिनानै सुविधा उपभोग गर्न सक्छन्। हाम्रो बजारको हाम्रोबीएनपीएलमा २५० भन्दा बढी प्रडक्ट उपभोक्ताहरुले छनोट गर्न सक्छन्।

फोनलोनका प्रमुख कार्यकारी अधिकृत सागर शर्माले हाम्रोबीएनपीएल भुक्तानीको माध्यम मात्रै नभएर नेपाली उपभोक्ताका लागि ई–कमर्समा गेमचेन्जर फिचर भए के बताए । हाम्रो बजारसँगको सहकार्यमा सार्वजनिक सुविधाले ग्राहकहरूलाई फाइनान्सियल फ्लेक्जिबिलिटी प्रदान गर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्