Trending
दिगो वन व्यवस्थापन र रेडप्लसबारे पत्रकारलाई अभिमुखीकरण     |     ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला     |     नर्वेलाई हराउँदै फ्रान्स समूह आईको विजेता     |     इराकविरुद्ध सेनेगलको सानदार जित     |     रास्वपाको पदाधिकारीका उम्मेदवारहरु कसले कति मत ल्याए ? (सूची)     |     रास्वपाका नवनिर्वाचित सभापति सहित पदाधिकारी तथा सदस्यहरूले लिए शपथ     |     जापान र स्विडेन नकआउट चरणमा     |     अष्ट्रेलिया विश्वकपको नकआउट चरणमा     |     प्रदेशसभा खारेज गर्ने रास्वपाको निर्णय फिर्ता लिन आजपाको माग     |     भेनेजुएला भूकम्प : मृतकको संख्या ३२ पुग्यो, ७०० बढी घाइते     |    
विज्ञान र प्रविधि

एसईई २०८१ को नतिजा अब सिधै मोबाइलमा उपलब्ध

१३ असार २०८२, शुक्रबार १६:०४

काठमाडौं। स्प्यारो एसएमएसले यस वर्ष पुनः एकपटक राष्ट्रिय परीक्षा बोर्डसँगको सहकार्यमा २०८१/२०८२ को एसईई नतिजा विद्यार्थीहरूको मोबाइलमा सिधै उपलब्ध गराउने भएको छ। यस सेवाबाट नतिजा हेर्न इन्टरनेट स्लो हुनु वा वेबसाइट नखुल्ने समस्याबाट मुक्त हुने व्यवस्था मिलाइएको छ।

एसईई नतिजा हेर्ने दिन विद्यार्थीहरूमा तनाव हुने गर्दछ। विगतमा अत्यधिक लोडका कारण वेबसाइटहरू नखुल्ने चुनौती रहँदै आएको थियो। तर, स्प्यारोको एसएमएस सेवा प्रयोगकर्तामैत्री र भरपर्दो भएकाले यस समस्याको समाधान हुने बताइएको छ।

“राष्ट्रिय परीक्षा बोर्डको आधिकारिक नतिजा साझेदारको रूपमा हामी प्रत्येक विद्यार्थीले चाहे उनीहरू शहरमा बसोस् वा ग्रामीण क्षेत्रमा, नतिजा सार्वजनिक हुने बित्तिकै सजिलै प्राप्त गर्न सकून् भन्ने सुनिश्चित गर्छौं,” स्प्यारोले जनाएको छ। “यसका लागि कुनै पनि मोडलको मोबाइल फोन पर्याप्त हुन्छ।”

मोबाइलबाट एसईई नतिजा हेर्न यसरी गर्नुहोस्:
१. मोबाइलको म्यासेज बक्स खोल्नुहोस्।
२. SEE टाइप गरेर एक स्पेस दिएर आफ्नो सिम्बोल नम्बर लेख्नुहोस्। (उदाहरण: SEE 12345678A)
३. यो म्यासेज 35001 मा पठाउनुहोस्।

केही सेकेन्डमै तपाईंको एसईई नतिजा SMS मार्फत मोबाइलमै प्राप्त हुनेछ।

स्प्यारो एसएमएसका प्रमुख कार्यकारी अधिकृत मनोज थापा भन्छन्, “नतिजा सार्वजनिक हुने दिन विद्यार्थी र अभिभावकहरूका लागि अत्यन्तै संवेदनशील हुन्छ। यस्तो बेलामा वेबसाइटमा समस्या भएर थप तनाव हुनुहुँदैन भन्ने हाम्रो सोच हो। हाम्रो उद्देश्य विद्यार्थीहरूलाई सहज, छिटो र भरपर्दो माध्यमबाट नतिजा उपलब्ध गराउनु हो।”

स्प्यारो एसएमएस नेपालकै अग्रणी SMS सेवा प्रदायक कम्पनी हो, जसले विगतमा पनि विभिन्न परीक्षा परिणामहरू सहज रूपमा मोबाइलमार्फत प्रदान गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्