Trending
रणवीर सिंहको ‘धुरन्धर’ ६ खाडी देशमा प्रतिबन्धित     |     आइटिएफ टेनिसः नेपालकी शिभाली फाइनलमा     |     जेनजी हत्यारा, भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै वीरगंजमा जेनजीद्धारा मोटरसाईकल र्याली     |     एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक     |     अन्डर-१९ एसिया कपमा भारतले रच्यो इतिहास     |     एनपिएलः अन्तिम खेल शनिबार, उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने     |     आइबिए पुरुष विश्व बक्सिङ प्रतियोगितामा बक्सर चन्द्रलाई काँस्य     |     नेपाल टूरिजम फेस्टिभलको दोस्रो संस्करण काठमाडौँमा     |     काठमाण्डुलाई चार विकेटले हराउँदै लुम्बिनी दोस्रो क्वालिफायरमा     |     काठमाण्डुद्वारा लुम्बिनीसामु सामान्य लक्ष्य     |    
विज्ञान र प्रविधि

शार्क ट्याङ्क नेपालको पहिलो सिजनको ‘पावर्ड बाइ’ प्रायोजक बन्यो टीभीएस अपाचे

१९ असार २०८२, बिहीबार १७:५४

काठमाडौँ ।विश्वभर चर्चित अमेरिकी रियालिटी शोको नेपाली संस्करण शार्क ट्याङ्क नेपाल अब हिमालय टेलिभिजनमार्फत २०२५ जुलाई २ बाट प्रसारणमा आउँदै छ।

निकै प्रतीक्षित यो व्यावसायिक रियालिटी शोले नेपाली उद्यमीहरूलाई देशका सफल व्यावसायिक हस्तीहरू समक्ष आफ्ना आइडियाहरू प्रस्तुत गर्ने प्लेटफर्म प्रदान गर्नेछ, जहाँ उनीहरूले मार्गदर्शन, मेन्टरशिप र जीवन परिवर्तन गर्ने लगानी पाउन सक्नेछन्।

शार्क ट्याङ्क नेपालको प्रमुख प्रस्तुतिकर्ता ब्रान्डको रूपमा टीभीएस अपाचे आरटीआर १६० एसई रहनेछ, जुन उत्कृष्ट प्रदर्शन, नवीनता र अग्रताको प्रतीक हो।

यो सहकार्यले नेपाली युवा उद्यमीहरू र नयाँ व्यवसायहरूलाई सम्भावनाको ढोका खोल्ने विश्वास गरिएको छ। जसरी अपाचे आरटीआर १६० एसईले सडकमा आत्मविश्वास र शुद्धता देखाउँछ, त्यसरी नै शार्क ट्याङ्क नेपालले उदाउँदा उद्यमीहरूलाई अघि बढ्न मार्गदर्शन र अवसर दिनेछ।

यी दुईको साझेदारीले नेपालको भविष्यका व्यावसायिक नेताहरूका लागि मार्गप्रशस्त गर्ने विश्वास गरिएको छ। शोको पहिलो सिजनमा नेपालका पाँच जना ख्यातिप्राप्त उद्यमी तथा उद्योगपति निर्णायकको रूपमा सहभागी हुनेछन्, आईएमई समूहका सह(संस्थापक तथा प्रबन्ध निर्देशक, हेमराज ढकाल, अग्नि समूहका प्रबन्ध निर्देशक, क्याबिनेट श्रेष्ठ, ज्योति समूहका निर्देशक, सौरभ ज्योति, भोईथ समूहकी प्रबन्ध निर्देशक, ऋतु सिंह वैद्य, र नाइम्बस समूहका प्रबन्ध निर्देशक, आनन्द बगरिया। यी पाँच व्यावसायिक व्यक्तित्वको अनुभव र दृष्टिकोणले
देशभर नयाँ उद्यमशीलता चेतना जगाउने अपेक्षा गरिएको छ।

शोमा देखिने उद्यमीहरू जस्तै, टीभीएस अपाचे आरटीआर १६० एसई पनि सिमाना तोड्दै अघि बढ्न चाहने आत्मविश्वासी र जोसिला व्यक्तिहरूको लागि डिजाइन गरिएको हो। यसले आफ्नो सेग्मेन्टमा पहिलो

प्रतिक्रिया दिनुहोस्