Trending
भेनेजुएलाको तेल किन्न भारतसँग सम्झौता भइसकेको ट्रम्पको दाबी     |     इरानद्वारा इयु सेनालाई आतङ्कवादी घोषणा     |     आयरल्यान्डसँग थाइल्यान्ड पराजित     |     चलचित्र पत्रकार सिटौलाको निधन     |     आयोजक एक्सेल्सियर र रेडियन्टको दोहोरो जित     |     जापानमा सन् २०२५ मा बालबालिकाको आत्महत्या दर उच्च     |     बेलायती प्रधानमन्त्रीको चीन भ्रमण उपलब्धिमूलक : प्रवक्ता     |     आईसीसी एसिया क्षेत्रको सम्मेलन नेपालमा हुने     |     चलचित्र ‘शिवांश’मा कैलाश खेरको स्वरमा ‘शिव ताण्डव’ गीत     |     सेन्सर बोर्डले गर्यो ‘आ बाट आमा’ को तारिफ     |    
विज्ञान र प्रविधि

“१००० EV स्कुटरसहित ऐतिहासिक स्वरोजगार योजना : नेपाली युवालाई रोजगारी र आम्दानीको अवसर”

१९ असार २०८२, बिहीबार १९:१६

काठमाडौँ। नेपालमा बढ्दो बेरोजगारी समस्या र प्रविधियुक्त यातायात प्रणालीको आवश्यकता मध्यनजर गर्दै ‘तपाईको बजार’, ‘इ-ड्राइभ नेपाल’ र ‘परिमिता ग्रुप’को संयुक्त सहकार्यमा १००० जनालाई लक्षित गर्दै ऐतिहासिक स्वरोजगार योजना सार्वजनिक हुने भएको छ।

यस योजनाअन्तर्गत १००० वटा इलेक्ट्रिक स्कुटर (EV) न्यूनतम भाडामा दैनिक तेल खर्चसरहको दरमा प्रदान गरिनेछ। आफ्नै गाडी नभएका वा कमसल सेकेन्डहेन्ड सवारी चलाइरहेका व्यक्तिहरूलाई लक्षित गर्दै, मासिक न्यूनतम रु. ७२,००० सम्म आम्दानी हुने गरि राइड सेयरिङ प्लेटफर्ममार्फत काम गर्ने अवसर प्रदान गरिनेछ। यसरी उपलब्ध स्कुटरले नेपालमै उत्पादित विद्युतको प्रयोग गर्दै विदेशी इन्धनमा हुने खर्च कटौती गर्ने र स्वदेशी स्रोतको उपयोग बढाउने लक्ष्य लिएको छ।

‘तपाईको बजार’का संचालक सुशील सङ्रौलाका अनुसार, योजनामा सहभागी हुन इच्छुक व्यक्तिहरूका लागि तीन फरक किसिमका अवसरहरू खुला गरिएको छ ।
१) कर्मचारीको रूपमा नियुक्त भएर,
२) राइडरको रूपमा दैनिक भाडामा स्कुटर लिएर मनग्य आम्दानी गर्न सकिने,
३) लगानीकर्ताका रूपमा आफ्नै EV स्कुटर परियोजनामा राखी नियमित भाडा आम्दानी लिन सकिने।

कार्यक्रमको प्राविधिक र प्लेटफर्म सहकार्य अन्तर्राष्ट्रिय स्तरको राइड सेयरिङ कम्पनी Yango सँग गरिएको छ। ‘इ-ड्राइभ नेपाल’का प्रमुख कार्यकारी अधिकृत सबिन भट्टराईका अनुसार, योजना पूर्ण रूपमा नेपाली लगानीमा आधारित छ र यसले नेपाली युवालाई स्वदेशमै स्वरोजगार सिर्जना गर्ने अवसर प्रदान गर्नेछ।

संयुक्त रूपमा कार्यक्रम सञ्चालन गरिरहेका तीन संस्थामध्ये ‘तपाईको बजार’ नेपालमा पहिलो पटक डिजिटल माध्यमबाट बाइक, स्कुटर, गाडी, घर-जग्गा लगायतका सम्पत्तिहरूमा कारोबार गर्दै आएको मल्टिब्राण्ड शो–रुम हो। ‘इ-ड्राइभ नेपाल’ पूर्णरूपमा नेपालीले बनाएको, नेपाली लगानीमै आधारित राइड सेयरिङ कम्पनी हो भने ‘परिमिता ग्रुप’ विदेशबाट आधुनिक दुईपांग्रे सवारी साधन आयात गर्दै आएको अनुभवी संस्था हो।

परिमिता ग्रुपका डाइरेक्टर मनन तुलाधारले कार्यक्रमको उद्घाटन असार २१ गते, शनिबार बिहान ८ बजे ललितपुरको भैसेपाटीस्थित कोलोनी सेन्टरमा गरिने जानकारी दिनुभयो। प्रतिष्ठित व्यक्तित्वहरूको विशेष उपस्थिति रहने उद्घाटन कार्यक्रमले स्वरोजगार, स्वदेशी प्रविधिको प्रयोग र हरित यातायात प्रवर्द्धनमा नयाँ इतिहास बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्