Trending
रणवीर सिंहको ‘धुरन्धर’ ६ खाडी देशमा प्रतिबन्धित     |     आइटिएफ टेनिसः नेपालकी शिभाली फाइनलमा     |     जेनजी हत्यारा, भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै वीरगंजमा जेनजीद्धारा मोटरसाईकल र्याली     |     एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक     |     अन्डर-१९ एसिया कपमा भारतले रच्यो इतिहास     |     एनपिएलः अन्तिम खेल शनिबार, उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने     |     आइबिए पुरुष विश्व बक्सिङ प्रतियोगितामा बक्सर चन्द्रलाई काँस्य     |     नेपाल टूरिजम फेस्टिभलको दोस्रो संस्करण काठमाडौँमा     |     काठमाण्डुलाई चार विकेटले हराउँदै लुम्बिनी दोस्रो क्वालिफायरमा     |     काठमाण्डुद्वारा लुम्बिनीसामु सामान्य लक्ष्य     |    
विज्ञान र प्रविधि

डिशहोमद्वारा ‘भर्चुअल प्रिभिलेज कार्ड’ सार्वजनिक

२३ असार २०८२, सोमबार १७:१६

काठमाडौं। डिशहोमले आफ्ना इन्टरनेट र डिजिटल टिभी सेवाका ग्राहकहरूका लागि ‘भर्चुअल प्रिभिलेज कार्ड’ नामक विशेष सुविधा ल्याउने भएको छ।

कम्पनीले ‘माई डिशहोम एप’मार्फत यो कार्ड सञ्चालनमा ल्याउँदैछ, जसलाई नेपालमा पहिलोपटक इन्टरनेट तथा टिभी सेवा प्रदायकले प्रस्तुत गर्न लागेको हो।

डिशहोमका अनुसार कार्ड पूर्ण रूपमा डिजिटल हुनेछ र यो केवल एक्टिभ सदस्यता भएका ग्राहकको एपमा स्वतः देखिनेछ। ग्राहकहरूले उक्त कार्ड प्रयोग गरेर होटल, रेस्टुरेन्ट, अस्पताल, कलेज, फिटनेस सेन्टर, स्किनकेयर तथा वेलनेस सेन्टर, मोबाइल तथा इलेक्ट्रोनिक पसल, सपिङ मल, होम अप्लायन्सेस र अटो शो–रूम लगायत क्षेत्रहरूमा अधिकतम २५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन्।

कम्पनीले विभिन्न व्यवसायसँग सहकार्य गर्दै आफ्ना ग्राहकको दैनिक जीवनलाई थप सहज र किफायती बनाउन खोजेको जनाएको छ।

डिशहोमका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरले भने, “डिजिटल मनोरञ्जनका साथै अब हामी ग्राहकको जीवनशैली समृद्ध बनाउने डिजिटल इकोसिस्टम निर्माणमा अघि बढिरहेका छौँ।”

यस कार्डले केवल सक्रिय ग्राहकले मात्र उपयोग गर्न सक्ने हुँदा सुरक्षा र विशिष्टताको दृष्टिकोणले पनि विशेष रहनेछ। सेवा सुरु भएपछि ‘माई डिशहोम एप’मार्फत डिजिटल कार्ड देखाएर ग्राहकले छुट लिन सक्ने व्यवस्था कम्पनीले स्पष्ट पारेको छ। डिशहोमको यो नविन प्रयासले नेपाली डिजिटल उपभोगकर्ता अनुभवमा नयाँ युगको सुरुवात गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्