Trending
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आधुनिक हवाई मार्गनिर्देशन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढ्यो     |     आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी     |     विदेशी मुद्राको सञ्चिति ४० खर्ब नाघ्यो     |     भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो     |     राजमार्गका होटल तथा रेस्टुरेन्टलाई मूल्यसूची राख्न र ग्राहकलाई बिल दिन विभागको निर्देशन     |     किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा     |     बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह     |     बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार     |     दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट     |     विश्वकप लिग-२ः क्यानडाविरुद्ध नेपालको जित     |    
विज्ञान र प्रविधि

डिशहोमद्वारा ‘भर्चुअल प्रिभिलेज कार्ड’ सार्वजनिक

२३ असार २०८२, सोमबार १७:१६

काठमाडौं। डिशहोमले आफ्ना इन्टरनेट र डिजिटल टिभी सेवाका ग्राहकहरूका लागि ‘भर्चुअल प्रिभिलेज कार्ड’ नामक विशेष सुविधा ल्याउने भएको छ।

कम्पनीले ‘माई डिशहोम एप’मार्फत यो कार्ड सञ्चालनमा ल्याउँदैछ, जसलाई नेपालमा पहिलोपटक इन्टरनेट तथा टिभी सेवा प्रदायकले प्रस्तुत गर्न लागेको हो।

डिशहोमका अनुसार कार्ड पूर्ण रूपमा डिजिटल हुनेछ र यो केवल एक्टिभ सदस्यता भएका ग्राहकको एपमा स्वतः देखिनेछ। ग्राहकहरूले उक्त कार्ड प्रयोग गरेर होटल, रेस्टुरेन्ट, अस्पताल, कलेज, फिटनेस सेन्टर, स्किनकेयर तथा वेलनेस सेन्टर, मोबाइल तथा इलेक्ट्रोनिक पसल, सपिङ मल, होम अप्लायन्सेस र अटो शो–रूम लगायत क्षेत्रहरूमा अधिकतम २५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन्।

कम्पनीले विभिन्न व्यवसायसँग सहकार्य गर्दै आफ्ना ग्राहकको दैनिक जीवनलाई थप सहज र किफायती बनाउन खोजेको जनाएको छ।

डिशहोमका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरले भने, “डिजिटल मनोरञ्जनका साथै अब हामी ग्राहकको जीवनशैली समृद्ध बनाउने डिजिटल इकोसिस्टम निर्माणमा अघि बढिरहेका छौँ।”

यस कार्डले केवल सक्रिय ग्राहकले मात्र उपयोग गर्न सक्ने हुँदा सुरक्षा र विशिष्टताको दृष्टिकोणले पनि विशेष रहनेछ। सेवा सुरु भएपछि ‘माई डिशहोम एप’मार्फत डिजिटल कार्ड देखाएर ग्राहकले छुट लिन सक्ने व्यवस्था कम्पनीले स्पष्ट पारेको छ। डिशहोमको यो नविन प्रयासले नेपाली डिजिटल उपभोगकर्ता अनुभवमा नयाँ युगको सुरुवात गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्