Trending
पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता भोलिदेखि     |     उपत्यकासहित विभिन्न स्थानमा वर्षा, राति चार प्रदेशमा भारी वर्षाको सम्भावना     |     टी ट्वान्टी क्रिकेटः नर्दन टेरिटोरी स्ट्राइकसँग नेपाल ‘ए’ पराजित     |     रास्वपा सचिवालयमा ११ जना थपिए     |     राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने     |     तेल निर्यातलाई प्रतिदिन एक करोड ब्यारेल पुर्‍याउने इराकको लक्ष्य     |     एसिसी प्रिमियर कपको अभ्यास खेलः नेपालको लगातार दोस्रो जित     |     यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णयहरू     |     बन्दुक बनाउने सामानसहित सात थान भरुवा बन्दुक बरामद     |     कर्णालीका मुख्यमन्त्री शाहीलाई विश्वासको मत     |    
विज्ञान र प्रविधि

एलन मस्कको स्टारलिंक स्याटेलाइट सेवालाई श्रीलंकाको स्विकृति

२३ असार २०८२, सोमबार १७:२९

काठमाडौं। स्पेसएक्सको उपग्रह आधारित इन्टरनेट सेवा स्टारलिंक अब श्रीलंकामा औपचारिक रूपमा सुरु भएको छ। यससँगै श्रीलंका भुटान र बंगलादेशपछि दक्षिण एसियामा स्टारलिंक सेवा सुरू गर्ने तेस्रो मुलुक बनेको हो।

स्पेसएक्सका संस्थापक तथा सीईओ एलन मस्कले सामाजिक सञ्जाल एक्स (पूर्व ट्विटर) मा श्रीलंकामा सेवा विस्तारको घोषणा गरेका हुन्। स्टारलिंक लो अर्थ अर्बिट स्याटेलाइटमार्फत सञ्चालित इन्टरनेट सेवा हो, जसले दुर्गम स्थानमा समेत उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेट सुविधा पुर्‍याउने उद्देश्य राखेको छ।

स्टारलिंक स्पेसएक्सकै प्रमुख दूरसञ्चार परियोजनामध्ये एक हो। कम्पनीको वेबसाइटअनुसार यो विश्वकै पहिलो तथा सबैभन्दा ठूलो स्याटेलाइट समूह भएको इन्टरनेट सेवा हो। यसले भिडियो स्ट्रिमिङ, अनलाइन गेमिङ, भिडियो कललगायतका कामलाई सहज बनाउने क्षमता राख्छ।

स्टारलिंक सेवा पारम्परिक इन्टरनेट सेवा प्रदायकभन्दा भिन्न छ। यो ताररहित सेवा हो जसले जमिनको इन्टरनेट संरचना जस्तै केबल वा टावरको आवश्यकता बिना सिधै स्याटेलाइटमार्फत काम गर्छ।

प्रयोगकर्ताको उपकरणबाट स्याटेलाइटमा सिग्नल पठाइन्छ, जुन पुनः ग्राउन्ड स्टेसन हुँदै स्याटेलाइटमार्फत प्रयोगकर्ताकै डिसमा फर्किन्छ, यसरी इन्टरनेट कनेक्सन पूरा हुन्छ।

सन् २०१९ मा प्रारम्भ भएको स्टारलिंक हाल विश्वभर फैलिइरहेको छ। अहिलेसम्म करिब ८,००० साना स्याटेलाइट पृथ्वीको तल्लो कक्षमा परिचालित छन्। ती स्याटेलाइट पृथ्वीको सतहबाट २०० देखि २,००० किलोमिटरसम्मको उचाइमा परिक्रमा गर्छन्।

सन् २०२४ को अन्त्यसम्म, स्टारलिंकका करिब ४६ लाख सक्रिय प्रयोगकर्ता १०० भन्दा बढी देशमा पुगेका छन्। अब श्रीलंकामा यसको सुरुआत भएसँगै दक्षिण एसियाली क्षेत्रमा पनि डिजिटल पहुँच विस्तारमा नयाँ युग सुरु भएको मानिएको छ।

प्रतिक्रिया दिनुहोस्