Trending
रास्वपा महाधिवेशन नसकिँदै बालेन काठमाडौं फर्किए     |     सांसदको विरोधपछि लुम्बिनी प्रदेश सभा बैठक फेरि स्थगित     |     रोनाल्डो चम्किँदा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित     |     चोरी गरी अमेरिका पुर्‍याइएका नेपालका दुई अमूल्य मूर्ति फिर्ता     |     विश्वकप फुटबलः मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना नकआउट चरणमा     |     सेनेगललाई पराजित गर्दै नर्वे विश्वकपको नकआउट चरणमा     |     एम्बाप्पेको दुई गोलमा फ्रान्स नकआउट चरणमा     |     अल्जेरियासँग पराजित हुँदै जोर्डन विश्वकपबाट बाहिरियो     |     विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण विभागमा उपस्थित गराइयो     |     च्यासलमा सुरु भयो एमाले संसदीय दलको बैठक     |    
विज्ञान र प्रविधि

वीरगन्जमा टाटा ईभी अटो शो सम्पन्न

८ भाद्र २०८२, आईतवार १८:२२

वीरगन्ज। टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा.लि. र प्राइम अटो ट्रेडर्सको संयुक्त आयोजनामा वीरगन्जमा सम्पन्न टाटा ईभी अटो शो सफलतापूर्वक सम्पन्न भएको छ।

बाइपास रोडस्थित होटल विशुवामा अगस्ट २२ देखि सुरु भएको प्रदर्शनी आइतबार सम्पन्न भएको हो। प्रदर्शनीमा टाटा मोटर्सका कर्भ ईभी, नेक्सन के३ ईभी, पन्च ईभी र टियागो ईभी मोडल सार्वजनिक प्रदर्शनमा राखिएका थिए।

दर्शक तथा सम्भावित ग्राहकलाई आकर्षित गर्न जीवनभर निःशुल्क डीसी फास्ट चार्जिङ, विशेष छुट, उच्च एक्सचेन्ज मूल्यांकन, ३ वर्ष निःशुल्क सर्भिसिङ, निःशुल्क इन्स्योरेन्स, वार्षिक कर छुट, घरमै चार्जिङ इन्स्टलेसन र एम्बोस्ड नम्बर प्लेटजस्ता सुविधा उपलब्ध गराइएका थिए।

कार्यक्रममा मनोरञ्जनका लागि फूड स्टल, फन गेम्स र सांगीतिक प्रस्तुति समेतको व्यवस्था गरिएको थियो। आयोजकहरूका अनुसार, अटो शोले वीरगन्ज तथा आसपासका उपभोक्तालाई विद्युतीय सवारी साधनबारे प्रत्यक्ष अनुभव दिलाउँदै टाटा ईभी मोडलबारे थप जानकारी लिन विशेष अवसर प्रदान गर्‍यो।

प्रतिक्रिया दिनुहोस्