Trending
नेपाल अपराधीको आश्रयस्थल बन्न नदिन महेश बस्नेतको चेतावनी     |     एनटी फाइबरको प्याकेजमा ग्राहकको आकर्षण, अनलाइनबाटै सेवा लिन सकिने     |     सेनाद्वारा आरुघाटस्थित बूढीगण्डकीमा ‘बेलिब्रिज’ जडान     |     विश्वकप लिग-२ : ओमानविरुद्ध नेपालको १० रनको जित     |     तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए     |     पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आधुनिक हवाई मार्गनिर्देशन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढ्यो     |     आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी     |     विदेशी मुद्राको सञ्चिति ४० खर्ब नाघ्यो     |     भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो     |     राजमार्गका होटल तथा रेस्टुरेन्टलाई मूल्यसूची राख्न र ग्राहकलाई बिल दिन विभागको निर्देशन     |    
समाचार

एनटी फाइबरको प्याकेजमा ग्राहकको आकर्षण, अनलाइनबाटै सेवा लिन सकिने

३ कार्तिक २०८३, सोमबार २१:०४

काठमाडौं। नेपाल टेलिकमले एनटी फाइबर सेवाअन्तर्गत ल्याएको इन्टरनेट प्याकेजमा ग्राहकको आकर्षण बढेको छ ।

नयाँ लाइन जडानसम्बन्धी जानकारी लिन टेलिकमको १९८ नम्बरमा सम्पर्क गर्ने ग्राहकको चाप बढेपछि कम्पनीले उक्त नम्बरको क्षमता वृद्धि गरेको छ ।

नेपाल टेलिकमका अनुसार एनटी फाइबरको नयाँ लाइन जडान गर्न इच्छुक ग्राहकले १९८ नम्बरमा कल गरी आफूलाई पायक पर्ने स्थानमा सेवा उपलब्ध भए–नभएको जानकारी लिन सक्नेछन् । नम्बरको क्षमता वृद्धि गरेपछि ग्राहकलाई आवश्यक जानकारी लिन र सेवा जडान प्रक्रिया अघि बढाउन सहज हुने अपेक्षा गरिएको छ ।

ग्राहकले एनटी फाइबर जडानका लागि अनलाइनबाट पनि अनुरोध गर्न सक्ने व्यवस्था टेलिकमले गरेको छ । यसका लागि https://complain.ntc.net.np/ मा लगइन गरी आफ्नो नेपाल टेलिकमको मोबाइल नम्बर प्रयोग गरेर आवश्यक विवरण पेस गर्न सकिनेछ । उक्त प्रणालीबाट इन्टरनेट जडानको अनुरोध गर्नुका साथै सेवासम्बन्धी गुनासो पनि दर्ता गर्न सकिने कम्पनीले जनाएको छ ।

टेलिकमले हालै एनटी फाइबरअन्तर्गत चार हजार ९९९ रुपैयाँमा ३० एमबीपीएस गतिको इन्टरनेट प्याकेज उपलब्ध गराएको छ । ग्राहकको आवश्यकता र प्रयोगअनुसार अन्य प्याकेज पनि उपलब्ध छन् ।

इन्टरनेट सेवाको शुल्क, गति र गुणस्तरका आधारमा विभिन्न सेवा प्रदायकका प्याकेज तुलना गर्ने प्रवृत्ति बढिरहेका बेला तुलनात्मक रूपमा कम शुल्कमा इन्टरनेट सेवा लिन चाहने ग्राहक एनटी फाइबरतर्फ आकर्षित भएका कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्