Trending
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     दक्षिण कोरियाली उम हङ गिल फाउन्डेसनले नेपालका बाढीपीडितलाई सहयोग गर्ने     |     सुरक्षाकर्मीको त्याग र साहसप्रति सरकारको उच्च सम्मान: प्रधानमन्त्री शाह     |     एसिसी प्रिमियर मेन्स कपमा नेपालको लगातार तेस्रो जित, सेमिफाइनल प्रवेश     |     न्युजिल्यान्ड‘ए’सँग नेपाल ‘ए’ पराजित     |     पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द     |     पीपी प्रसाई उत्कृष्ट शिक्षक पुरस्कार–२०८३ तथा पर्यटन लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान     |     त्रिशूली–३ बी सुरुङ: ४२६ मिटर भित्र पुगे उद्धारकर्मी     |     भदौ २२ र २३ गते राहदानी विभागका सेवा नियमित सञ्चालन हुने     |     कान्तिपुर भेट ग्रुपद्वारा विपद् उद्धार कोषमा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग     |    
विज्ञान र प्रविधि

अभिभावकलाई मस्कको अपील– नेटफ्लिक्सबाट छोराछोरीलाई टाढा राख्नु

१७ आश्विन २०८२, शुक्रबार १६:५२

काठमाडौँ। विश्वका पहिलो खर्बपति एलन मस्कले स्वास्थ्यका लागि आफ्नो बालबालिकालाई नेटफ्लिक्सबाट टाढा राख्न अभिभावकहरूसँग आग्रह गरेका छन्।

उनले यो अपील सामाजिक सञ्जाल पोस्टको जवाफमा गरेका हुन्। नेटफ्लिक्सले ट्रान्सजेन्डरको मुद्दालाई प्रोत्साहन गरिरहेको भन्दै उनले सम्भव भए यो स्ट्रिमको सदस्यता नै परित्याग गर्न अभिभावकलाई आग्रह गरेका छन्।

“आफ्ना बच्चाहरूको स्वास्थ्यको लागि नेटफ्लिक्स रद्द गर्नुहोस्” मस्कले एक पोस्टमा लेखेका छन्।

मस्क पछिल्ला केही वर्षयता ‘वोकिज्म’ विरुद्ध खुला रूपमा अभियान चलाएका छन् र उनले यसको विरोध गरेका छन्। मस्क लिंग परिवर्तनलगायत थुप्रै कुराको विरोधी हुन्।

उनी यसविरूद्ध बोल्दै पनि आइरहेका छन्।

उनको छोरा भिभियन विल्सनले सन् २०२२ मा लिंग परिवर्तन गरेका थिए। उनले यसपछि आफूलाई छोरीको रूपमा स्विकार गर्न सबैसँग अपील गरेका थिए। यो घटनाबाट मस्क निकै दुःखी थिए।

प्रतिक्रिया दिनुहोस्