Trending
वीर अस्पतालमा पार्किन्सन, छारे र मेरुदण्ड रोगको विशेष क्लिनिक     |     नेपाल अपराधीको आश्रयस्थल बन्न नदिन महेश बस्नेतको चेतावनी     |     एनटी फाइबरको प्याकेजमा ग्राहकको आकर्षण, अनलाइनबाटै सेवा लिन सकिने     |     सेनाद्वारा आरुघाटस्थित बूढीगण्डकीमा ‘बेलिब्रिज’ जडान     |     विश्वकप लिग-२ : ओमानविरुद्ध नेपालको १० रनको जित     |     तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए     |     पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आधुनिक हवाई मार्गनिर्देशन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढ्यो     |     आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी     |     विदेशी मुद्राको सञ्चिति ४० खर्ब नाघ्यो     |     भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो     |    
विज्ञान र प्रविधि

अभिभावकलाई मस्कको अपील– नेटफ्लिक्सबाट छोराछोरीलाई टाढा राख्नु

१७ आश्विन २०८२, शुक्रबार १६:५२

काठमाडौँ। विश्वका पहिलो खर्बपति एलन मस्कले स्वास्थ्यका लागि आफ्नो बालबालिकालाई नेटफ्लिक्सबाट टाढा राख्न अभिभावकहरूसँग आग्रह गरेका छन्।

उनले यो अपील सामाजिक सञ्जाल पोस्टको जवाफमा गरेका हुन्। नेटफ्लिक्सले ट्रान्सजेन्डरको मुद्दालाई प्रोत्साहन गरिरहेको भन्दै उनले सम्भव भए यो स्ट्रिमको सदस्यता नै परित्याग गर्न अभिभावकलाई आग्रह गरेका छन्।

“आफ्ना बच्चाहरूको स्वास्थ्यको लागि नेटफ्लिक्स रद्द गर्नुहोस्” मस्कले एक पोस्टमा लेखेका छन्।

मस्क पछिल्ला केही वर्षयता ‘वोकिज्म’ विरुद्ध खुला रूपमा अभियान चलाएका छन् र उनले यसको विरोध गरेका छन्। मस्क लिंग परिवर्तनलगायत थुप्रै कुराको विरोधी हुन्।

उनी यसविरूद्ध बोल्दै पनि आइरहेका छन्।

उनको छोरा भिभियन विल्सनले सन् २०२२ मा लिंग परिवर्तन गरेका थिए। उनले यसपछि आफूलाई छोरीको रूपमा स्विकार गर्न सबैसँग अपील गरेका थिए। यो घटनाबाट मस्क निकै दुःखी थिए।

प्रतिक्रिया दिनुहोस्