Trending
कांग्रेसमा नाराभन्दा नीति र परिणामको संस्कार आवश्यक : बिनिता खड्का     |     राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान     |     आदिवासी कथा र संस्कृतिको अन्तर्राष्ट्रिय उत्सव : दोस्रो एनआईएफएफमा सिक्किमका मन्त्रीदेखि नेपाली कलाकारसम्म     |     विपत्तिमा डिडी सेक्युरिटीजको विशेष सहयोग     |     एमालेलाई नयाँ ऊर्जा र स्पष्ट मार्गसहित फेरी एक नम्बर पार्टी बनाएरै छाड्छु – केपी शर्मा…     |     बाढी प्रभावित नागरिकको अस्थायी आवास व्यवस्थापन प्रक्रिया अघि बढ्यो     |     राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन     |     दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |    
विज्ञान र प्रविधि

भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा पुनः सुरु

२८ भाद्र २०८२, शनिबार १६:२९

काठमाडौं। जेनजी आन्दोलनका क्रममा सेन्ट्रल बिजनेस पार्कस्थित डाटा सेन्टर क्षतिग्रस्त भएपछि अवरुद्ध भएको भायानेटको इन्टरनेट र टिभी सेवा आंशिक रूपमा सुचारु भएको छ।

कम्पनीका अनुसार व्याकअप डाटा सेन्टर प्रयोग गर्दा सम्पूर्ण ट्राफिक धान्न नसक्दा सेवा प्रभावित भए पनि प्राविधिक टोलीको निरन्तर प्रयासपछि अवस्था सुधार भइरहेको छ। बाँकी सर्भर स्थानान्तरण जारी भएकाले इन्टरनेट गति सुस्त हुन सक्ने र भदौ २९ देखि पूर्ण सेवा सञ्चालन हुने जनाइएको छ।

भायानेटले ४८ घण्टाभित्र सेवा पुनः सञ्चालन गर्न सफल हुनु आफ्ना प्राविधिकहरूको प्रतिबद्धता र नेटवर्कको बलियोपनको उदाहरण भएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्