Trending
‘मन बिनाको धन’को नयाँ पोस्टर सार्वजनिक     |     नेपाललाई विश्वकप छनोटको उपाधि     |     महिला फुटबलः नेपाल थाइल्याण्डसँग पराजित     |     चलचित्र ‘सोल्टिनी’को नयाँ गीत ‘बाचुन्जेल पो’ सार्वजनिक     |     नेपालले सामोआलाई दियो २१२ रनको चुनौती     |     चलचित्र ‘धागो’को गीत ‘मेरो सम्झना’ सार्वजनिक     |     आन्दोलनरत नर्सहरुको समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन     |     ‘काठमाडौँ हारर चलचित्र महोत्सव’ कात्तिक दोस्रो सातादेखि     |     सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड     |     यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर     |    
विज्ञान र प्रविधि

भिभोको वाटरप्रुफ स्मार्टफोन वाई २१ डि नेपाली बजारमा सार्वजनिक

२१ आश्विन २०८२, मंगलवार १७:०२

काठमाडौं– विश्वप्रसिद्ध स्मार्टफोन ब्राण्ड भिभोले आफ्नो लोकप्रिय वाई सिरिज अन्तर्गतको नयाँ स्मार्टफोन भिभो वाई २१ डि नेपाली बजारमा सार्वजनिक गरेको छ ।

विशेषगरी युवापुस्ता र दैनिक प्रयोगकर्तालाई लक्षित यस स्मार्टफोनले उत्कृष्ट प्रदर्शन, मजबुत सुरक्षा र उपयोगी सुविधाहरूलाई सुलभ मूल्यमा उपलब्ध गराउँछ ।

भिभो वाई२१डि नेपालकै सबैभन्दा किफायती आई पी ६८/६९ डस्ट एण्ड वाटर–रेजिस्टेन्ट स्मार्टफोन हो। यसमा अलराउन्ड वाटरप्रुफ प्रोटेक्सन फिचर छ, जसले अन्डरवाटर फोटोग्राफी मोड मार्फत पानीमुनिका सुन्दर दृश्यहरू सजिलै कैद गर्न सहयोग गर्छ। साथै, वनट्याप वाटर इजेक्सन र वनट्याप डस्ट एण्ड वाटर रिमोवल जस्ता स्मार्ट फिचरहरूले फोनभित्र प्रवेश गर्ने धुलो वा पानीलाई सहजै बाहिर निकाल्न मद्दत गर्छ।

फोनको मजबुतीलाई एसजिएस ५ स्टार ड्रप रेसिस्टेन्स र मिलिट्री ग्रेड सर्टिफिकेशनले प्रमाणित गरेको छ। थप सुरक्षाका लागि यसमा एयर–स्प्रिङ्ग फोन केस समेत उपलब्ध छ । शक्ति र प्रदर्शनको पक्षमा, भिभो वाई२१डिमा ६५०० एमएएच ब्याट्री र ४४ वाट फ्ल्यास चार्ज टेक्नोलोजी समावेश छ, जसले २१.६ घण्टासम्म निरन्तर युट्युब स्ट्रिमिङको सुविधा दिन्छ र २०% बाट १००% चार्ज हुन करिब ७५ मिनेट मात्र लाग्छ। दीर्घकालीन प्रयोगलाई ध्यानमा राख्दै, यस ब्याट्रीले ५ वर्षपछि पनि ८०% भन्दा बढी क्षमतामा काम गर्ने ग्यारेन्टी प्रदान गर्छ।

प्रदर्शनका लागि, फोनमा ६ जि बी वा ८ जि बी ¥याम र १२८ जि बी स्टोरेज रहेको छ। साथै, भिभोको ५०–महिना स्मूथ एक्स्पिरियन्स प्रोमिसले लामो समयसम्म भरपर्दो प्रयोग सुनिश्चित गर्छ। सर्कल टु सर्च विथ गुगल, पासकी, एआई स्क्रिन ट्रान्सलेशन, फेस अनलक (मास्क वा हेल्मेटसहित) र ग्लभ मोड जस्ता स्मार्ट फिचरहरूले प्रयोगलाई अझ सहज बनाउँछन्।

डिजाइनको हिसाबले, यो स्मार्टफोन दुई आकर्षक रङ कोरल रेड र जेड ग्रीनमा उपलब्ध हुनेछ । फ्ल्यागशीप क्वाड–कर्भड ब्याक कभर, प्रिमियम फ्रेम डिजाइन र डाइनामिक लाइट इफेक्टले यसलाई स्टाइलिश र आधुनिक बनाउँछ ।

मनोरञ्जनका लागि, फोनले ४००% लार्ज भोल्युम डुअल–स्टेरियो स्पिकर सहित सशक्त ध्वनि प्रदान गर्छ। साथै, ६.६ इन्च डट्च डिस्प्ले, १००० निट्स ब्राइटनेस र ९० हर्ट्ज रिफ्रेश रेटमार्फत स्पष्ट र स्मूथ भिजुअल्स अनुभव गर्न सकिन्छ । ब्लू–लाइट सर्टिफिकेसन र आई–प्रोटेक्सन मोडले दृश्यलाई आँखामैत्री बनाउँछन्। क्यामेरा पक्षमा, ५० एमपी एचडी मुख्य क्यामेरासहितका एआई फोटो इन्ह्यान्स, मल्टी–स्टाइल पोट्र्रेट, स्टाइलिस नाइट फिल्टर्स जस्ता फिचरहरूले प्रयोगकर्तालाई सृजनात्मक फोटो अनुभव प्रदान गर्छ ।

भिभो वाई२१डि असोज १९ देखि नेपालभरका अधिकृत रिटेल पार्टनरहरू र दराज अनलाइन मार्फत उपलब्ध छ ।

प्रतिक्रिया दिनुहोस्