Trending
रास्वपाका नेत्री राई एमालेका प्रवेश     |     देश स्थायित्व, विकास र सुशासनको बाटोमा अघि बढ्यो, जनताले फ्याँकिसकेको राजतन्त्र ब्युँतने भ्रम पाल्नु हुँदैन:…     |     तीनकुने घटनामा ज्यान गुमाएका सविन महर्जनकी छोरीलाई निःशुल्क शिक्षा     |     नेपाल चारदेशीय टी–२० आई सिरिजको फाइनलमा     |     प्रधानमन्त्री ओली भगौडा दलाल बर्गको संरक्षक भए : प्रभु साह     |     गुरूङ वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा निर्वाचित     |     लेनदेन बिगो सम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ     |     चितवनमा दिपल ईभीको औपचारिक बिक्री सुरु     |     बागमतीमा यातायात राजस्व भुक्तानी विद्युतीय माध्यमबाट हुने     |     इन्टरनेट पहुँच विस्तारका लागि शुल्क घटाउन सुझाव     |    
बैंक वित्तीय

सोह्रौँ योजना कार्यन्वयनमा लगानीका चुनौती

१७ जेष्ठ २०८१, बिहीबार १४:४२

सोह्राँै योजना कार्यन्वयनका लागि लगनी मुख्य चुनौतीको रुपमा देखिएको सरोकारवालाले बताउनुभएको छ । राष्ट्रियसभा, विकास, आर्थिक मामिला तथा सुशासन समितिमा आज भएको ‘पञ्चवर्षीय योजनाको मुख्य विषयवस्तु र अतिकम विकसित मुलुकबाट विकासशील राष्ट्रमा स्तरोन्नतिको लागि सरकारको रणनीति तयारी’सम्बन्धी छलफलमा सरोकारवालाले उक्त योजना कार्यन्वयनमा लगानीको समस्या रहेको बताउनुभएको हो ।

समितिका सदस्य धनश्याम रिजालले सोह्रौँ योजनाका लक्ष्य कार्यन्वयनका लागि आइपर्ने चुनौतीको विश्लेषण गर्नुपर्ने र समस्या समाधानका लागि पहल अगाडि बढाउनुपर्नेमा जोड दिनुभएको छ ।

“सोह्राँै योजनाका लक्ष्यमहत्वकांक्षी छन्,” उहाँले भन्नुभयो, “योजना कार्यन्वयनका लागि आन्तरिक तयारमिा जुट्न आवश्यक छ ।”योजना आयोगका सदस्य डा रामकुमार फुयालले वैदेशकि ऋणलाई विकास आयोजनामा खर्च गरेमा उत्पादकत्व वृद्धि भई सोह्राँै योजनाको लक्ष्य कार्यन्वयन हुने बताउनुभयो । “योजनाका लक्ष्य कार्यान्वयनका लागि आन्तरिक उत्पादन गरेर खपत बढाउने लक्ष्य लिएका छौँ,” उहाँले भन्नुभयो, “गरिबी निवारणका लागि रोजगारी वृद्धिका लक्ष्यलाई प्रथामिकता दिने लक्ष्य रहेको छ ।”

राष्ट्रिय योजना आयोगका सदस्य–सचिव डा तोयनारायण ज्ञावालीले मुलुकको बढ्दो व्यापार घाटा तथा लगानीको चुनौती नै सोह्रौँ योजना कार्यान्वयनका मुख्य समस्या रहेकोमा प्रष्ट पार्नुभयो । “सोह्राँै योजना कार्यन्वयनका लागि छिट्टै कार्यविधि बनाउने तयारी गरिहेका छौँ,” उहाँले भन्नुभयो, “९० भन्दा बढी एक अर्ब लागतका आयोजनाको अनुगमन गर्न छुट्टै निकायको प्रबन्ध गरिने छ ।”
सोह्रौँ योजना कार्यान्वयन गर्नका लागि अनुमानित लगानी करिब रु एक सय ११ खर्ब लाग्ने भएको छ । संरचनात्मक रुपान्तणका क्षेत्रहरुमध्ये समष्टिगत आर्थिक आधारको सबलीकरण र उच्च आर्थिक वृद्धि गर्ने, उत्पादन, उत्पादकत्व तथा प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्ने रहेको छ । यसैगरी अन्य क्षेत्रहरुमध्ये उत्पादनशील रोजगारी, मर्यादित श्रम र दिगो सामाजिक सुरक्षा गर्ने, स्वस्थ, शिक्षित र सीपयुक्त मानव पुँजी निर्माण गर्ने, गुणस्तरीय भौतिक पूर्वाधार विकास एवम् सघन अन्तर–आवद्धताका क्षेत्रहरु छन् ।

प्रतिक्रिया दिनुहोस्