Trending
सुनको मूल्य तोलामा एकैदिन ८ हजारले बढ्यो     |     नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त     |     ‘हेलो सरकार’ को स्तरोन्नति गरिँदै, के छ तयारी ?     |     शिवहरि बैरागीलाई दीर्घ सम्मानः पचास जनालाई एभर ग्रीन वर्ल्डवाइडको सम्मान     |     मिड–भ्यालीको ‘बिल्ड नेपाल ह्याकाथन २०२६’मा बाँदर आतंकको समाधान खोज्ने ‘इनोभिजन समूह’ विजेता     |     विद्युत् प्राधिकरणको अनियमितता अध्ययन गर्न दुई समिति     |     काठमाडौंमा पेसएक्स प्रिमियर लिग सेभेन ए साइड फुटसल सुरु, ३२ टोली मैदानमा     |     शेखरले एसियाली आईटीएफ खेल्ने     |     राष्ट्रपति पौडेलद्वारा पूर्वराष्ट्रपति यादव र पूर्वउपराष्ट्रपति झासँग छलफल     |     चलचित्र ‘माया भनेकै यस्तो होला’को शीर्ष गीत सार्वजनिक     |    
बैंक वित्तीय

सोह्रौँ योजना कार्यन्वयनमा लगानीका चुनौती

१७ जेष्ठ २०८१, बिहीबार १४:४२

सोह्राँै योजना कार्यन्वयनका लागि लगनी मुख्य चुनौतीको रुपमा देखिएको सरोकारवालाले बताउनुभएको छ । राष्ट्रियसभा, विकास, आर्थिक मामिला तथा सुशासन समितिमा आज भएको ‘पञ्चवर्षीय योजनाको मुख्य विषयवस्तु र अतिकम विकसित मुलुकबाट विकासशील राष्ट्रमा स्तरोन्नतिको लागि सरकारको रणनीति तयारी’सम्बन्धी छलफलमा सरोकारवालाले उक्त योजना कार्यन्वयनमा लगानीको समस्या रहेको बताउनुभएको हो ।

समितिका सदस्य धनश्याम रिजालले सोह्रौँ योजनाका लक्ष्य कार्यन्वयनका लागि आइपर्ने चुनौतीको विश्लेषण गर्नुपर्ने र समस्या समाधानका लागि पहल अगाडि बढाउनुपर्नेमा जोड दिनुभएको छ ।

“सोह्राँै योजनाका लक्ष्यमहत्वकांक्षी छन्,” उहाँले भन्नुभयो, “योजना कार्यन्वयनका लागि आन्तरिक तयारमिा जुट्न आवश्यक छ ।”योजना आयोगका सदस्य डा रामकुमार फुयालले वैदेशकि ऋणलाई विकास आयोजनामा खर्च गरेमा उत्पादकत्व वृद्धि भई सोह्राँै योजनाको लक्ष्य कार्यन्वयन हुने बताउनुभयो । “योजनाका लक्ष्य कार्यान्वयनका लागि आन्तरिक उत्पादन गरेर खपत बढाउने लक्ष्य लिएका छौँ,” उहाँले भन्नुभयो, “गरिबी निवारणका लागि रोजगारी वृद्धिका लक्ष्यलाई प्रथामिकता दिने लक्ष्य रहेको छ ।”

राष्ट्रिय योजना आयोगका सदस्य–सचिव डा तोयनारायण ज्ञावालीले मुलुकको बढ्दो व्यापार घाटा तथा लगानीको चुनौती नै सोह्रौँ योजना कार्यान्वयनका मुख्य समस्या रहेकोमा प्रष्ट पार्नुभयो । “सोह्राँै योजना कार्यन्वयनका लागि छिट्टै कार्यविधि बनाउने तयारी गरिहेका छौँ,” उहाँले भन्नुभयो, “९० भन्दा बढी एक अर्ब लागतका आयोजनाको अनुगमन गर्न छुट्टै निकायको प्रबन्ध गरिने छ ।”
सोह्रौँ योजना कार्यान्वयन गर्नका लागि अनुमानित लगानी करिब रु एक सय ११ खर्ब लाग्ने भएको छ । संरचनात्मक रुपान्तणका क्षेत्रहरुमध्ये समष्टिगत आर्थिक आधारको सबलीकरण र उच्च आर्थिक वृद्धि गर्ने, उत्पादन, उत्पादकत्व तथा प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्ने रहेको छ । यसैगरी अन्य क्षेत्रहरुमध्ये उत्पादनशील रोजगारी, मर्यादित श्रम र दिगो सामाजिक सुरक्षा गर्ने, स्वस्थ, शिक्षित र सीपयुक्त मानव पुँजी निर्माण गर्ने, गुणस्तरीय भौतिक पूर्वाधार विकास एवम् सघन अन्तर–आवद्धताका क्षेत्रहरु छन् ।

प्रतिक्रिया दिनुहोस्