Trending
चोरीमा संलग्न तीन जना पक्राउ     |     रास्वपाको क्यान्डिडेट क्लबमा छ सदस्य मनोनीत, स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोटको तयारी     |     व्यक्तिगत श्रम स्वीकृति गराएर कामदार विदेश पठाए कारबाही हुने     |     सरकारको पहलपछि एलपी ग्यास आपूर्तिमा वृद्धि, एकै दिन १६१ बुलेट लोडिङ     |     प्रधानमन्त्री र रास्वपा सभापतिबीच भेटवार्ता     |     हङकङमा पब्लिक इन्भेस्टमेन्ट ग्रुपको लगानी विस्तार गर्ने योजना     |     राजनीतिक नेतृत्व इमानदार र जवाफदेही बन्नुपर्छ : सभामुख अर्याल     |     क्रेडिट कार्डको ब्याजदर १० प्रतिशतमा सीमित गर्ने ट्रम्पको प्रस्ताव     |     एभरेष्ट इन्जिनियरिङ कलेजमा सोसाइजको वार्षिक साधारण सभा सम्पन्न     |     नगरप्रमुखको तयारीमा हिक्मत जंग मल्ल, वडा ११ बाट गाउँ अभियान सुरु     |    
समाचार

रास्वपाको क्यान्डिडेट क्लबमा छ सदस्य मनोनीत, स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोटको तयारी

१२ मंसिर २०८३, शुक्रबार २०:२०

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रियालाई व्यवस्थित बनाउन क्यान्डिडेट क्लब समितिमा सदस्यहरू मनोनीत गरेको छ ।

समितिका संयोजक कविन्द्र बुर्लाकोटीको सिफारिसमा डा. नमिता यादव, सुलभ खरेल, हिमेश पन्त, शिव यादव र पारसमणि गेलाललाई सदस्य मनोनीत गरिएको हो ।

संयोजक बुर्लाकोटीका अनुसार समितिको शुक्रबार बसेको बैठकमा उम्मेदवार बन्न इच्छुक व्यक्तिहरूबाट आवश्यक विवरण तथा कागजात संकलन गर्ने कार्यविधि निर्धारण गर्ने विषयमा छलफल भएको छ ।

विभिन्न क्षेत्रमा कार्यरत योग्य तथा सक्षम व्यक्तिहरूलाई उम्मेदवार छनोट प्रक्रियामा सहभागी गराउन ल्याटेरल इन्ट्रीसम्बन्धी आवेदन फारम तयार गर्ने विषय पनि बैठकमा उठेको छ ।

उम्मेदवार छनोटलाई निष्पक्ष, पारदर्शी र विश्वसनीय बनाउन दाबी–विरोधसम्बन्धी फारम तथा प्रक्रिया तयार गर्ने विषयमा समेत छलफल भएको संयोजक बुर्लाकोटीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्