Trending
चोरीमा संलग्न तीन जना पक्राउ     |     रास्वपाको क्यान्डिडेट क्लबमा छ सदस्य मनोनीत, स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोटको तयारी     |     व्यक्तिगत श्रम स्वीकृति गराएर कामदार विदेश पठाए कारबाही हुने     |     सरकारको पहलपछि एलपी ग्यास आपूर्तिमा वृद्धि, एकै दिन १६१ बुलेट लोडिङ     |     प्रधानमन्त्री र रास्वपा सभापतिबीच भेटवार्ता     |     हङकङमा पब्लिक इन्भेस्टमेन्ट ग्रुपको लगानी विस्तार गर्ने योजना     |     राजनीतिक नेतृत्व इमानदार र जवाफदेही बन्नुपर्छ : सभामुख अर्याल     |     क्रेडिट कार्डको ब्याजदर १० प्रतिशतमा सीमित गर्ने ट्रम्पको प्रस्ताव     |     एभरेष्ट इन्जिनियरिङ कलेजमा सोसाइजको वार्षिक साधारण सभा सम्पन्न     |     नगरप्रमुखको तयारीमा हिक्मत जंग मल्ल, वडा ११ बाट गाउँ अभियान सुरु     |    
समाचार

चोरीमा संलग्न तीन जना पक्राउ

१२ मंसिर २०८३, शुक्रबार २०:२४

काठमाडौं। चोरीमा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा भक्तपुर पुरानो बसपार्क बस्ने ललितुपर, ललितपुर महानगरपालिका-६ सुन्धारा घर भएका ३६ वर्षीय प्रवेश मुनि शाक्य, सोही महानगरपालिका-७ दुपाट बस्ने ३७ वर्षीय अमित महर्जन र सोही महानगरपालिका-७ ग्वार्को बस्ने काभ्रे नमोबुद्ध नगरपालिका-४ घर
भएका २९ वर्षीय गोविन्द लामा रहेका छन्।

ललितपुर महानगरपालिका-१५ डेरा गरी बस्ने बाँके कोहलपुर नगरपालिका-१० घर भएका २६ वर्षीय मनिष श्रेष्ठको फ्ल्याटबाट सुन, चाँदी, नगद तथा जिन्सी धनमाल बुधबार चोरी भएको घटनको अनुसन्धानको क्रममा जिल्ला प्रहरी परिसर ललितपुर र प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरी उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो।

प्रहरीले उनीहरूको साथबाट सुन तथा चाँदीका विभिन्न गरगहना, मोबाइल ४ थान र नगद १ लाख ८५ हजार ६ सय २० रूपैयाँ समेत बरामद गरेको छ।

उनीहरूउपर जिल्ला अदालत ललितपुरबाट ५ दिन म्याद थप अनुमति लिई अनुसन्धान थालिएको प्रवक्ता प्रहरी उपरीक्षक गौतम मिश्रले बताए।

प्रतिक्रिया दिनुहोस्