Trending
पूर्वी युक्रेनमा भएको रूसी ड्रोन आक्रमणमा चार जनाको मृत्यु     |     एपीएफ, आर्मी र न्यु डायमन्डको विजयी सुरुआत     |     डा. बाबुराम भट्टराईले लिए उम्मेदवारी फिर्ता     |     सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे     |     रेशम चौधरीको उम्मेदवारी खारेज     |     गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक     |     बीपीएल : सन्दीप लामिछानेको टिम फाइनलमा     |     एन्फा राष्ट्रिय पुरुष लिग : एपीएफको चर्च ब्वाइजमाथि सहज जित     |     नेपाल नेदरल्याण्ड्ससँग पराजित     |     सुनचाँदीको मूल्य घट्यो, तोलाको कति पुग्यो ?     |    
समाचार

परीक्षा पास नगरी हातहातमा लाइसेन्स: उपसचिवको खातामा कहाँबाट आयो साढे २ करोड रकम?

२ असार २०८१, आईतवार १४:३५

काठमाडौँ । नक्कली लाइसेन्स प्रकरणमा एक उप-सचिवसहित दुई अधिकृत र अन्य दुई जना कर्मचारी गरी पाँच जना पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले आइतबार दिउसो पाँच जनालाई नियन्त्रणमा लिएको हो।

वनमन्त्रालयमा कार्यरत रहेका केशव अर्याल, यातायात व्यवस्था कार्यालय नवल परासीमा कार्यरत रहेका पदम राज आचार्य र लुम्बिनी प्रदेशको मुख्यमन्त्री कार्यालयमा कार्यरत रहेका सुवास पौडेललाई आइतबार नियन्त्रणमा लिइएको हो।

त्यसैगरी जनपुरबाट दिलीपकुमार साह र चितवनबाट राजेश लम्साललाई पक्राउ गरिएको पुष्टि सिआइबीले गरेको छ। ‘केही कुराहरू बुझ्नुपर्ने भएकाले उहाँहरुलाई यता राखिएको हो’, सिआइबीका प्रवक्ता होविन्द्र बोगटीले भने।

परीक्षा पास नगरेकालाई बिचौलियाको माध्यमबाट सवारी चालक अनुमति पत्र (स्मार्ट लाइसेन्स) वितरण गरिएको अवधिमा यातायात व्यवस्था विभागका कर्मचारीको खातामा अस्वाभाविक रकम देखिएपछि उनीहरु निगरानीमा परेका थिए।

उपसचिव केशव अर्यालको खातामा कम्प्युटर अपरेटर लक्ष्मण पाण्डेले जम्मा गरेको अढाई करोड रुपैयाँ देखिएपछि सिआइबीले उनीहरुलाई निगरानीमा राखेको थियो।

प्रतिक्रिया दिनुहोस्