Trending
एनपीएलः सुदूरपश्चिम रोयल्सको अपराजित यात्रामा पूर्णविराम, विराटनगरको सानदार जित     |     सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य     |     मधेसवादी दलको कुकर्मले मधेस बदनाम र उजाड बनेको छ : प्रभु साह     |     जनकपुरले लुम्बिनीलाई दियो १३३ रनको लक्ष्य     |     सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता     |     स्वरसम्राट्को ३५ औँ स्मृति दिवस आज     |     ‘मिस एण्ड मिसेस युनिभर्सल २०२५ – सिजन ४’ नेपाल पुलिस क्लबमा भव्य रूपमा सम्पन्न     |     एनपिएलमा पहिलो ‘ह्याट्रिक’ लिने ‘बलर’ बने शाहब     |     सुदूरपश्चिम अपराजित यात्रा कायम राख्दै पहिलो क्वालिफायरमा, चितवन ४९ रनले पराजित     |     टोलीको तालमेल मिल्दा जित सहज भयोः भीम सार्की     |    
समाचार

जर्मनतिर बरालिंदै राष्ट्रपति: नतिजामुखी काममा भन्दा गफमै बढी ठिक्क

२ असार २०८१, आईतवार १४:३९

राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार जर्मनीका जलवायु परिवर्तनका क्षेत्रमा विज्ञान प्रविधि तथा अनुसन्धान गर्दै आइरहेका संस्थाहरूको अवलोकन गरेका छन्। जर्मनीको पोट्सडाम अवस्थित ती  संस्थाहरूको राष्ट्रपति पौडेलले भ्रमण गरेका थिए।

अवलोकनका क्रममा वैज्ञानिकहरूले जलवायु परिवर्तनका असरहरूबारे जानकारी गराएपछि राष्ट्रपति पौडेलले जलवायु परिवर्तनको असरबारे अनुसन्धानका साथै यो असर घटाउन विकसित मुलुकले तत्काल गर्नुपर्ने समाधानका उपायबारे सुझाव दिन उहाहरूलाई आग्रह गरे।

‘जर्मनी यसमा अत्यन्त चिन्तित छ र यसबारे अनुसन्धान गर्ने महत्वपूर्ण मुलुक पनि हो । तपाईँहरूले अनुसन्धानमा  ठूलो प्रगति गर्नुभएको छ। तर अब  अनुसन्धानमात्रै होइन समाधानका उपायबारे पनि सुझाव दिनुपर्यो’, राष्ट्रपति पौडेलको भनाइ उद्धृत गर्दै उनका प्रेस सल्लाहाकार किरण पोखरेलले भने, ‘नेपालमा जलवायु परिवर्तनको असर देखिसक्यो । हिमालयहरू काला पहाड़मा परिणत भैसके । अब यसको असर विकसित मुलुकहरूमा पनि पर्नेछ र यो पृथ्वीलाई जोगाउने कुरा हो । त्यही भएर तपाईँहरूले मारमा परेका देशले के के गर्नुपर्यो र विकसित देशले के के गर्नुपर्यो भनेर स्पष्टसँग समाधानका उपाय  दिन आावश्यक छ।’

जिएफजेडका साइन्टिफिक कार्यकारी निर्देशक सुजना बाउंटर, पोस्टाडाम इन्स्टिट्यूट फ़र क्लाइमेट इम्प्याक्ट रिसर्च (पिआईके) का अनुसन्धान समूहका प्रमुख युर्गन पि. क्रप, नेपाली रिसर्च इन्स्टिट्यूट फ़र सस्टेनेवेलेटीका अनुसन्धान समूह लीडर डा.महेश्वर रूपाखेतीलगायतका वैज्ञानिकहरूले विभिन्न विषयमा सो अवसरमा राष्ट्रपति पौडेललाई जानकारी गराएका थिए

राष्ट्रपति पौडेल स्वीजरल्याण्डको भ्रमण सकेर शनिबार राति जर्मनीको राजधानी बर्लिन पुगेका हुन् । उनी प्रथम महिला सविता पौडेलका साथ संघीय गणतन्त्र जर्मनीका राष्ट्र प्रमुख फ्रैङ्क वाल्टर स्टाइनमायरको निमन्त्रणमा औपचारिक भ्रमणका लागि जर्मनी गएका हुन्।

उनले जर्मनीको पोट्सडाममा अवस्थित जर्मन रिसर्च सेन्टर फर जिओसाइन्सको अवलोकन पनि गरेका छन् । यो ठोस पृथ्वी विज्ञानको लागि जर्मनीको राष्ट्रिय अनुसन्धान केन्द्र हो । यसले भू–विज्ञानका उप–प्रणालीहरू, यसको अन्तरक्रिया गर्ने उपचक्रहरू र यसको कारण तथा प्रभाव श्रृखलाहरूको विस्तृत सञ्जालको साथ पृथ्वीको भूगोलजस्ता अत्यधिक जटिल प्रणालीमा ध्यान केन्द्रित गर्ने जर्मनीका वैज्ञानिकहरूले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्