Trending
सबै प्रदेशका पहाडी भूभागमा आंशिक बदलीसँगै हल्का हिमपातको सम्भावना     |     आज भाइटीका, उत्तम साइत ११ः ३९ बजे     |     आज तिहारको मुख्य दिन भाइटीका     |     आज अमेरिकी डलर स्थिर, यूरो र पाउण्डको भाउमा सामान्य गिरावट     |     सल्यानमा प्रहरीले ठूलो मात्रामा अवैध सामग्री बरामद, ५४ जना फरार प्रतिवादी पक्राउ     |     कर्णाली नदीमा हाम फालेकी किशोरी मृत फेला     |     जेनजी आन्दोलनका घाइते भन्छन्- घाउले भन्दा बढी चहर्‍याउँछ चाडबाडको सम्झनाले     |     कलाकारसँग प्रधानमन्त्रीको आग्रह- दुष्प्रचार चिर्न भूमिका खेलिदिनुहोस्     |     चीनसँग राम्रो सम्बन्ध चाहन्छु, तर नोभेम्बर १ देखि १५५ प्रतिशत कर लागू हुनेछ : ट्रम्प     |     नाइजेरियामा पेट्रोल ट्याङ्कर विस्फोटमा परी ३५ जनाको मृत्यु, दर्जनौं घाइते     |    
समाचार

प्रत्येक वर्ष बालबालिकाको आँखा जँचाउन प्रतिष्ठानको आग्रह

२५ आश्विन २०८१, शुक्रबार ०१:४९

२५ असोज,काठमाडौँ। तिलगङ्गा आँखा प्रतिष्ठानले बच्चा जन्मिएपछि, विद्यालय भर्ना गर्नुअघि र प्रत्येक वर्ष अनिवार्य रूपमा बच्चाको आँखा जँचाउन सुझाव दिएको छ ।

प्रतिष्ठानले आँखा रातो, डेढो, देख्न धमिलो भएमा तथा आँखा दुखेमा, चिप्रा लाग्ने,  आँसु बग्ने, आँखा सामान्यभन्दा सानो वा ठुलो भएमा पनि जति सक्दो छिटो नजिकैको आँखा केन्द्र वा अस्पतालमा गई जाँच गराउन सुझाव दिएको हो  ।

विश्व दृष्टि दिवसका अवसरमा प्रतिष्ठानले आँखाको कालो भागमा सेतो देखिएमा, चोट पटक लागेमा साथै समय अगावै बच्चा जन्मिएमा र कम तौल जन्मिएमा पनि आँखा केन्द्रमा गई परीक्षण गराउन सबै अभिभावकलाई आग्रह गरेको छ । यस वर्षको आँखा दिवसको नारा ‘बालबालिकाको आँखालाई माया गरौँ’ भन्ने थियो ।

यस नाराले बालबालिकाको आँखा स्वास्थ्यमा सरोकार राख्ने सबै पक्षलाई समुदाय स्तरमै जनचेतना जगाउन, बाल आँखा स्वास्थ्यलाई प्राथमिकता दिन र नीतिगत तहमा पैरवी गर्न सहयोग पुग्ने प्रतिष्ठाले विश्वास लिएको छ ।

पछिल्लो समय बढ्दो डिजिटल स्क्रिनहरूको प्रयोग र घट्दो बाह्य गतिविधिका कारण बालबालिकाहरूको आँखामा विभिन्न समस्याहरू बढिरहेकाले विश्व स्वास्थ्य संगठनले समेत  सन् २०५० सम्ममा विश्वको करिब ५० प्रतिशत जनसङ्ख्यामा दृष्टिदोषको समस्या देखिन सक्ने पूर्वानुमान गरेको प्रतिष्ठानको भनाइ छ । त्यसको रोकथाम तथा न्यूनीकरणका लागि सबै पक्षहरूले सहकार्य गर्दे समुदायस्तरमै जनचेतना अभिवृद्धि गर्न आवश्यक रहेको सुझाव छ ।

बच्चाहरूमा हुनसक्ने दृष्टि कमजोरीलाई बेलैमा उपचार नगर्दा उनीहरूको शिक्षामा गम्भीर असर पर्न भएकाले उपचार पहुँच र चस्मा प्रयोगले बालबालिकाहरूको अध्ययन क्षमतामा हुने जोखिम ४४ प्रतिशतले घटाउन सकिने प्रतिष्ठानले जनाएको छ । विश्वमा करिब चार करोड ५० लाख बालबालिकामा दृष्टि समस्या रहेकामा त्यसमध्ये धेरै बालबालिका आँखा उपचार सेवाबाट वञ्चित रहेको जनाइएको छ ।

नेपालमा करिब ११ लाख बालबालिकामा विभिन्न किसिमका दृष्टिदोषको समस्या रहेकामा करिब सात लाख बालबालिकामा उपचारको पहुँच नरहेको पनि प्रतिष्ठानले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्