Trending
क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |     मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी     |     भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने     |     प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात     |     बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल     |     एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ     |     एसिसी प्रिमियर कप विजेता नेपाली टोली स्वदेश फिर्ता     |     आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर     |     किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै     |     मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |    
समाचार

सल्यानमा प्रहरीले ठूलो मात्रामा अवैध सामग्री बरामद, ५४ जना फरार प्रतिवादी पक्राउ

६ कार्तिक २०८२, बुधबार २२:४९

सल्यान। जिल्ला प्रहरी कार्यालय सल्यानले हालैको अभियानमा लागुऔषध, अवैध पटका, जंगली च्याउ, काठ र घरेलु मदिरा बनाउने मर्चासहित ठूलो परिमाणमा अवैध सामग्री बरामद गरेको छ।

साथै, विभिन्न मुद्दामा फरार रहेका ५४ जनालाई पक्राउ गरी अदालतमा पेस गरिएको छ। प्रहरीका अनुसार, छत्रेश्वरी गाउँपालिका–६ लान्तीबाट ९.६५ ग्राम खैरो पदार्थ (ब्राउन सुगर) र दुई मोटरसाइकलसहित कृष्णबहादुर वली र संगीत परियार पक्राउ परेका छन्।

शारदा नगरपालिका–१ श्रीनगर बजारस्थित एक पसलबाट विभिन्न कम्पनीका ६८ प्याकेट अवैध पटका बरामद गरिएको छ। त्यस्तै, बनगाड कुपिण्डे–१ सल्लीबजारमा चेकजाँचका क्रममा ४८ केजी जंगली रातो च्याउ, करिब ९४०० केजी सल्लाको आँख्ला र २१ कार्टुन घरेलु मदिरा बनाउन प्रयोग हुने मर्चा बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरीले सबै सामग्री, गाडी र चालकहरूलाई सम्बन्धित कार्यालयमा बुझाएको छ। साथै, फरार प्रतिवादीहरूको खोजी अभियान अझै तीव्र पारिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्