कालिकोट। कालिकोटको नरहरिनाथ गाउँपालिका–७ माल्कोटकी १५ वर्षीया सिर्जना बटालाको शव कर्णाली नदीमा फेला परेको छ।
उनी असोज २८ गते साँझ करिब ७ बजे कर्णाली करिडोरअन्तर्गत खुलालु पुलबाट हाम फालेकी थिइन्।
मंगलबार बेलुका अछामको तुर्माखाद गाउँपालिका–१ रफ बुढाबालुवा नजिक उनको शव फेला परेको गाउँपालिकाका प्रवक्ता प्रदीप बोहराले जानकारी दिए। शव स्थानीय पवित्रा रावलले देखेपछि प्रहरीलाई खबर गरिएको थियो।