Trending
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आधुनिक हवाई मार्गनिर्देशन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढ्यो     |     आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी     |     विदेशी मुद्राको सञ्चिति ४० खर्ब नाघ्यो     |     भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो     |     राजमार्गका होटल तथा रेस्टुरेन्टलाई मूल्यसूची राख्न र ग्राहकलाई बिल दिन विभागको निर्देशन     |     किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा     |     बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह     |     बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार     |     दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट     |     विश्वकप लिग-२ः क्यानडाविरुद्ध नेपालको जित     |    
समाचार

प्रचण्डको ‘प्रचण्ड’ बहिर्गमन

३१ असार २०८१, सोमबार १३:२३

२०७९ सालको संसदको चुनावपछि प्रचण्ड नेकपा(एमाले)को समर्थनमा पुष ११ गते तेस्रो पटक प्रधानमन्त्री बन्न पुगेका थिए ।

तेस्रो कालको पहिलो पटक विश्वासको मत लिंदा प्रचण्डले संसदमा उपस्थित २७० जना मध्येबाट २६८ मत पाएका थिए । उनकै भनाईमा यो मत चमत्कारिक थियो । यसपटक उनले ९९.२५ प्रतिशत मत ल्याएका थिए ।

यो १८ महिनाको बीचमा उनले पाँचौ पटक गत साउन २८ गते शुक्रबारमा फेरि विश्वासको मतकालागि संसदमा प्रस्ताव पेश गरेका थिए । गएका चारपटकसम्म लगातार विश्वासको मत लिन सफल प्रचण्ड यसपाली विश्वासको मल लिन असफलमात्र भएनन् कि उनले प्रचण्ड अविश्वासको मत पाएका छन् । अर्थात संसदमा उपस्थित १९४ मा उनले केवल ६३ मत मात्र पाएका थिए ।

त्यसको लगतै एमाले र नेपाली काँग्रेस रातारात मिलेर प्रचण्ड सरकारलाई विस्थापन गरी पहिला केपी ओली र अन्तिममा शेरबहादुर देउवा प्रधानमन्त्री हुने सहमति गरे र राष्ट्रपतिलाई सरकार गठन गर्न अनुमति दिन पत्राचार गरेका थिए । त्यस बमोजिम केपी ओलीले सउान ३० गतेका दिन प्रधानमन्त्री पद ग्रहण गरेका छन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले सपथ ग्रहण गराएका छन् ।

काँग्रेस र एमालेको संयुक्त सरकार बन्दै गर्दा विभिन्न टिकाटिप्पणी उठेका छन् । संसदमा प्रचण्डले देउवा—ओली गठबन्धनका बारेमा खेलेरै आरोप लगाएका थिए । उनको सबैभन्दा गम्भीर आरोप भनेको अहिलेको संविधानलाई मासेर जनयुद्ध र जनआन्दोलनका उपलब्धी सक्ने षडयन्त्र गरेको हो । त्यसैगरी गिरीबन्धु टीमा ओलीको संलग्नता, आरजुको भुटानी नक्कली शरणार्थी काण्डमा रहेको संलग्नतामा परेकाले त्यसबाट मुक्त हुन सरकार बदलिएको संगीन आरोप लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्