Trending
आजपाबाट खस–आर्य महिला तर्फ पहिलो नम्बरमा एलिजा गौतम     |     चौथो अर्थतन्त्र बन्यो भारत     |     ओलीको व्यंग्य- स्यालहरूको मोर्चाले सिंहलाई जित्दैन     |     अनिश तामाङले जिते ‘हिमालय रोडिज’ सिजन ७ को उपाधि     |     एनभीए च्याम्पियनसिप : खिल्जी क्वार्टरफाइनलमा     |     टि–२० विश्वकपका लागि इंग्ल्यान्डको १५ सदस्यीय प्रारम्भिक टोली घोषणा     |     नेपाली कम्युनिष्ट पार्टी र नागरिक उन्मुक्तिबीच पार्टी एकीकरणको सहमति     |     बालेनले भने: म नेपाल हासेको हेर्न चहान्छु     |     रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकता, ७ बुँदे सहमति     |     रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकताको सहमति     |    
समाचार

प्रचण्डको ‘प्रचण्ड’ बहिर्गमन

३१ असार २०८१, सोमबार १३:२३

२०७९ सालको संसदको चुनावपछि प्रचण्ड नेकपा(एमाले)को समर्थनमा पुष ११ गते तेस्रो पटक प्रधानमन्त्री बन्न पुगेका थिए ।

तेस्रो कालको पहिलो पटक विश्वासको मत लिंदा प्रचण्डले संसदमा उपस्थित २७० जना मध्येबाट २६८ मत पाएका थिए । उनकै भनाईमा यो मत चमत्कारिक थियो । यसपटक उनले ९९.२५ प्रतिशत मत ल्याएका थिए ।

यो १८ महिनाको बीचमा उनले पाँचौ पटक गत साउन २८ गते शुक्रबारमा फेरि विश्वासको मतकालागि संसदमा प्रस्ताव पेश गरेका थिए । गएका चारपटकसम्म लगातार विश्वासको मत लिन सफल प्रचण्ड यसपाली विश्वासको मल लिन असफलमात्र भएनन् कि उनले प्रचण्ड अविश्वासको मत पाएका छन् । अर्थात संसदमा उपस्थित १९४ मा उनले केवल ६३ मत मात्र पाएका थिए ।

त्यसको लगतै एमाले र नेपाली काँग्रेस रातारात मिलेर प्रचण्ड सरकारलाई विस्थापन गरी पहिला केपी ओली र अन्तिममा शेरबहादुर देउवा प्रधानमन्त्री हुने सहमति गरे र राष्ट्रपतिलाई सरकार गठन गर्न अनुमति दिन पत्राचार गरेका थिए । त्यस बमोजिम केपी ओलीले सउान ३० गतेका दिन प्रधानमन्त्री पद ग्रहण गरेका छन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले सपथ ग्रहण गराएका छन् ।

काँग्रेस र एमालेको संयुक्त सरकार बन्दै गर्दा विभिन्न टिकाटिप्पणी उठेका छन् । संसदमा प्रचण्डले देउवा—ओली गठबन्धनका बारेमा खेलेरै आरोप लगाएका थिए । उनको सबैभन्दा गम्भीर आरोप भनेको अहिलेको संविधानलाई मासेर जनयुद्ध र जनआन्दोलनका उपलब्धी सक्ने षडयन्त्र गरेको हो । त्यसैगरी गिरीबन्धु टीमा ओलीको संलग्नता, आरजुको भुटानी नक्कली शरणार्थी काण्डमा रहेको संलग्नतामा परेकाले त्यसबाट मुक्त हुन सरकार बदलिएको संगीन आरोप लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्