Trending
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आधुनिक हवाई मार्गनिर्देशन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढ्यो     |     आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी     |     विदेशी मुद्राको सञ्चिति ४० खर्ब नाघ्यो     |     भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो     |     राजमार्गका होटल तथा रेस्टुरेन्टलाई मूल्यसूची राख्न र ग्राहकलाई बिल दिन विभागको निर्देशन     |     किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा     |     बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह     |     बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार     |     दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट     |     विश्वकप लिग-२ः क्यानडाविरुद्ध नेपालको जित     |    
शिक्षा

नेपाल आदर्श: परीक्षा बोर्डकै सिफारिसमा बन्यो गण्डकी प्रदेशकै उत्कृष्ट विद्यालय

१६ श्रावण २०८१, बुधबार ०२:२५

स्याङ्जा  जिल्लामा रहेको नेपाल आदर्श माध्यमिक विद्यालय गण्डकी प्रदेशकै उत्कृष्ट विद्यालय बनेको छ ।

राष्ट्रिय परिक्षा बोर्डको सिफारीसका आधारमा नेपाल आदर्श माविलाई ‘उत्कृष्ट शैक्षिक संस्था सम्मान २०८१’ बाट सम्मानित भएको हो ।

वालिङ नगरपालिका वडा नं. ८ को भिमटारीमा रहेको उक्त विद्यालय प्रदेशकै उत्कृष्ट बन्न सफल रहेको हो ।

बुधबार चन्द्रलोक प्रतिष्ठान काठमाडौ नेपालले नेपाल आर्दश माध्यमिक विद्यालयलाई गण्डकी प्रदेशकै उत्कृष्ठ शैक्षिक संस्था सम्मान २०८१ बाट सम्मानसमेत गरेको छ ।

नेकपा एसका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री समेत रहेका माधवकुमार नेपालले नेपाल आर्दश माध्यमिक विद्यालयका प्राधानाध्यापक होमकान्त गौतमलाई सम्मान तथा पुरस्कार प्रदान गरेका छन् ।

प्रतिष्ठनले देशभक्त, अदर्शवान र नैतिकवान शैक्षिक जनशक्ति उत्पादनमा निरन्तर अग्रणी भुमिका खेल्न सफलता मिलोस भन्दै ‘उत्कृष्ट शैक्षिक संस्था २०८१’ बाट सम्मान गरेको प्रतिष्ठानका अध्यक्ष सीताराम कार्कीले बताएका छन् ।

झन्डै ३ दशकदेखि सालदेखि शिक्षा प्रदान गर्दै आइरहेको नेपाल आदर्श स्याङ्जा जिल्लामा मात्र नभएर गण्डकी प्रदेशमा नै उत्कृष्ट बन्न पुगेको छ ।  तल्लो तहदेखि माथिल्लो तहसम्म अध्यापन गराउंदै आइरहेको उक्त विद्यालयलाई ब्रिटिश काउन्सिलबाट समेत सर्टिफाईड भएको संस्था हो ।

भौतिक पूर्वाधारअन्तर्गत शिक्षण भवन तथा कक्षाकोठा, प्रशासनिक आवासीय सुविधा, पुस्तकालय, प्रयोगशाला,, प्राथमिक उपचार तथा परामर्श कक्ष, व्यावसायिक कार्यशाला कक्ष, खानेपानी सरसफाइ स्वच्छता सुविधा, चमेना गृह, अडिटोरियम हल, घेराबार तथा बगैँचा, खेलमैदान, वैकल्पिक विद्युतीय व्यवस्था समेत रहेको यस विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दो छ ।

प्रतिक्रिया दिनुहोस्