Trending
आजपाबाट खस–आर्य महिला तर्फ पहिलो नम्बरमा एलिजा गौतम     |     चौथो अर्थतन्त्र बन्यो भारत     |     ओलीको व्यंग्य- स्यालहरूको मोर्चाले सिंहलाई जित्दैन     |     अनिश तामाङले जिते ‘हिमालय रोडिज’ सिजन ७ को उपाधि     |     एनभीए च्याम्पियनसिप : खिल्जी क्वार्टरफाइनलमा     |     टि–२० विश्वकपका लागि इंग्ल्यान्डको १५ सदस्यीय प्रारम्भिक टोली घोषणा     |     नेपाली कम्युनिष्ट पार्टी र नागरिक उन्मुक्तिबीच पार्टी एकीकरणको सहमति     |     बालेनले भने: म नेपाल हासेको हेर्न चहान्छु     |     रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकता, ७ बुँदे सहमति     |     रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकताको सहमति     |    
शिक्षा

नेपाल आदर्श: परीक्षा बोर्डकै सिफारिसमा बन्यो गण्डकी प्रदेशकै उत्कृष्ट विद्यालय

१६ श्रावण २०८१, बुधबार ०२:२५

स्याङ्जा  जिल्लामा रहेको नेपाल आदर्श माध्यमिक विद्यालय गण्डकी प्रदेशकै उत्कृष्ट विद्यालय बनेको छ ।

राष्ट्रिय परिक्षा बोर्डको सिफारीसका आधारमा नेपाल आदर्श माविलाई ‘उत्कृष्ट शैक्षिक संस्था सम्मान २०८१’ बाट सम्मानित भएको हो ।

वालिङ नगरपालिका वडा नं. ८ को भिमटारीमा रहेको उक्त विद्यालय प्रदेशकै उत्कृष्ट बन्न सफल रहेको हो ।

बुधबार चन्द्रलोक प्रतिष्ठान काठमाडौ नेपालले नेपाल आर्दश माध्यमिक विद्यालयलाई गण्डकी प्रदेशकै उत्कृष्ठ शैक्षिक संस्था सम्मान २०८१ बाट सम्मानसमेत गरेको छ ।

नेकपा एसका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री समेत रहेका माधवकुमार नेपालले नेपाल आर्दश माध्यमिक विद्यालयका प्राधानाध्यापक होमकान्त गौतमलाई सम्मान तथा पुरस्कार प्रदान गरेका छन् ।

प्रतिष्ठनले देशभक्त, अदर्शवान र नैतिकवान शैक्षिक जनशक्ति उत्पादनमा निरन्तर अग्रणी भुमिका खेल्न सफलता मिलोस भन्दै ‘उत्कृष्ट शैक्षिक संस्था २०८१’ बाट सम्मान गरेको प्रतिष्ठानका अध्यक्ष सीताराम कार्कीले बताएका छन् ।

झन्डै ३ दशकदेखि सालदेखि शिक्षा प्रदान गर्दै आइरहेको नेपाल आदर्श स्याङ्जा जिल्लामा मात्र नभएर गण्डकी प्रदेशमा नै उत्कृष्ट बन्न पुगेको छ ।  तल्लो तहदेखि माथिल्लो तहसम्म अध्यापन गराउंदै आइरहेको उक्त विद्यालयलाई ब्रिटिश काउन्सिलबाट समेत सर्टिफाईड भएको संस्था हो ।

भौतिक पूर्वाधारअन्तर्गत शिक्षण भवन तथा कक्षाकोठा, प्रशासनिक आवासीय सुविधा, पुस्तकालय, प्रयोगशाला,, प्राथमिक उपचार तथा परामर्श कक्ष, व्यावसायिक कार्यशाला कक्ष, खानेपानी सरसफाइ स्वच्छता सुविधा, चमेना गृह, अडिटोरियम हल, घेराबार तथा बगैँचा, खेलमैदान, वैकल्पिक विद्युतीय व्यवस्था समेत रहेको यस विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दो छ ।

प्रतिक्रिया दिनुहोस्