Trending
पूर्वी युक्रेनमा भएको रूसी ड्रोन आक्रमणमा चार जनाको मृत्यु     |     एपीएफ, आर्मी र न्यु डायमन्डको विजयी सुरुआत     |     डा. बाबुराम भट्टराईले लिए उम्मेदवारी फिर्ता     |     सुनकाे मूल्य प्रतितोला ३ लाख नाघ्याे     |     रेशम चौधरीको उम्मेदवारी खारेज     |     गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक     |     बीपीएल : सन्दीप लामिछानेको टिम फाइनलमा     |     एन्फा राष्ट्रिय पुरुष लिग : एपीएफको चर्च ब्वाइजमाथि सहज जित     |     नेपाल नेदरल्याण्ड्ससँग पराजित     |     सुनचाँदीको मूल्य घट्यो, तोलाको कति पुग्यो ?     |    
समाचार

एमाले र रास्वपाबीच सहकारी र गिरिबन्धु टि इस्टेट प्रकरणमा मिलेर जाने सहमति छ : महामन्त्री थापा

६ जेष्ठ २०८१, आईतवार १५:५४

प्रमुख प्रतिपक्ष दल कांग्रेसका महामन्त्री गगन थापाले एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीबीच सहकारी ठगी र गिरिबन्धु टि इस्टेट प्रकरण नउठाउने गरी सहमति भएको दाबी गरेका छन् ।

संघीय संसद् भवनमा आइतबार पत्रकार सम्मेलन गरी महामन्त्री थापाले रास्वपा सभापति एवं उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेको सहकारी प्रकरण एमालेले नउठाउने र एमालेमाथि लागेको गिरिबन्ध टि इस्टेट प्रकरण राष्ट्रिय स्वतन्त्र पार्टीले नउठाउने सहमती गरेकाले गृहमन्त्री लामिछानेले सहकारीको ठगीबारे आफूमाथि लागेको आरोप छानबिन गर्न गठित समितिमा आफू नरहने बताएको दाबी गरे ।

सहकारी प्रकरणमा एमालेले साथ दिने भएकाले रास्वपाका सभापति लामिछानेलाई चिन्ता नभएको थापाको भनाइ थियो ।

‘सरकारलाई अविश्वास गर्नेहरूले सरकारले बनाएर हुन्छ, समिति बनाउनु पर्छ भन्छ । यहाँ त सरकारको गृहमन्त्री नै के भनिराख्नु भएको छ भने यसमा समिति बनाउने भनिराख्नु भएको छ । म आज यहीँबाट भन्छु–बनाउने हो । ल बनाउ । आज उहाँले जुन जुन विषयमा समिति बनाउने भन्नुभएको छ । सबैमा समिति बनाए हुन्छ,’ थापाले भने, ‘अनि उहाँले आज के भन्नु भयो भने मेरो बारेमा बनाएको समितिमा म बस्नु पर्दैन । हो, तपाई बस्नु नै पर्दैन । तपाईको काम अब एमालेले गरिदिन्छ । किनभने तपाईहरूको बीचमा एउटा राम्रो समझदारी बनेकै छ । एमालेले सहकारी नउठाउने, तपाईहरूले गिरिबन्धु नउठाउने । त्यसैले त्यसको बारेमा धेरै चिन्ता भएन ।’

महामन्त्री थापाले संसदीय समिति बनाएर विगतमा भएका सबै घोटालाको छानबिन गर्न आफूहरू तयार रहेको जवाफ पनि गृहमन्त्री लामिछानेलाई दिए ।

 

प्रतिक्रिया दिनुहोस्