Trending
मतभेद बिर्सेर पार्टीलाई एकताका साथ अघि बढाऔँ : अध्यक्ष ओली     |     विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधनको तयारी     |     भोटेकोसी–त्रिशूली विपद् समिति सभापतिमा पराजुलीले लिए शपथ     |     प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो     |     पृथ्वी राजमार्ग अवरुद्ध हुँदा बल्खुदेखि कलंकीसम्म ट्रकको लामो लाइन     |     नारायणीको पुलमा अड्किएको राइनो क्रुज निकाल्ने प्रयास असफल     |     कांग्रेस देउवा समूहद्वारा महाधिवेशनका लागि उम्मेदवारी शुल्क निर्धारण     |     चोलेन्द्र पक्राउप्रति सर्वोच्च अदालतको गम्भीर ध्यानाकर्षण     |     नारायणीको बाढीपछि सुस्ताका ८०० भन्दा बढी नागरिक सुरक्षित     |     बाढी र पहिरो प्रभावित क्षेत्रमा नेपाली सेनाको उद्धार कार्य, ६८४ जनाको उद्धार     |    
वातावरण

आज यी स्थानमा पानी पर्ने सम्भावना

३० भाद्र २०८१, आईतवार ०१:४३

३० भदौ,काठमाडौं। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसापस अवस्थित छ।

अहिले देशभर मनसुनी वायुको प्रभावसँगै पश्चिमबंगाल र आसपास रहेको न्यूनचापिय प्रणालीको आंशिक प्रभाव देखिएको छ।

यतिबेला (आइतबार बिहान) कोसी, मधेस, बागमती र गण्डकी प्रदेशको मौसम आंशिकदेखि साधारणतया बदली छ। अहिले यी प्रदेशका एकदुई स्थानहरुमा हल्का वर्षासमेत भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका बाँकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली छ भने बाँकी तराईका भूभाग सामान्यतया मौसम सफा छ।

आज राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोसी प्रदेशका केही, बागमती र गण्डकी प्रदेशका थोरै तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

कोसी प्रदेशको तराई भूभागका केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले आइतबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्