Trending
मधेसवादी दलको कुकर्मले मधेस बदनाम र उजाड बनेको छ : प्रभु साह     |     जनकपुरले लुम्बिनीलाई दियो १३३ रनको लक्ष्य     |     सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता     |     स्वरसम्राट्को ३५ औँ स्मृति दिवस आज     |     ‘मिस एण्ड मिसेस युनिभर्सल २०२५ – सिजन ४’ नेपाल पुलिस क्लबमा भव्य रूपमा सम्पन्न     |     एनपिएलमा पहिलो ‘ह्याट्रिक’ लिने ‘बलर’ बने शाहब     |     सुदूरपश्चिम अपराजित यात्रा कायम राख्दै पहिलो क्वालिफायरमा, चितवन ४९ रनले पराजित     |     टोलीको तालमेल मिल्दा जित सहज भयोः भीम सार्की     |     एमाले महाधिवेशनः जुम्लाबाट प्रतिनिधि सर्वसम्मत     |     सरकार पिच्छेको कर आतंकले मुलुकको अर्थतन्त्र ध्वस्त : प्रभु साह     |    
वातावरण

आज यी स्थानमा पानी पर्ने सम्भावना

३० भाद्र २०८१, आईतवार ०१:४३

३० भदौ,काठमाडौं। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसापस अवस्थित छ।

अहिले देशभर मनसुनी वायुको प्रभावसँगै पश्चिमबंगाल र आसपास रहेको न्यूनचापिय प्रणालीको आंशिक प्रभाव देखिएको छ।

यतिबेला (आइतबार बिहान) कोसी, मधेस, बागमती र गण्डकी प्रदेशको मौसम आंशिकदेखि साधारणतया बदली छ। अहिले यी प्रदेशका एकदुई स्थानहरुमा हल्का वर्षासमेत भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका बाँकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली छ भने बाँकी तराईका भूभाग सामान्यतया मौसम सफा छ।

आज राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोसी प्रदेशका केही, बागमती र गण्डकी प्रदेशका थोरै तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

कोसी प्रदेशको तराई भूभागका केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले आइतबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्