Trending
किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा     |     बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह     |     बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार     |     दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट     |     विश्वकप लिग-२ः क्यानडाविरुद्ध नेपालको जित     |     प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो     |     राष्ट्रिय कृषि कम्पनी नेपाल लिमिटेडद्वारा ओजोनयुक्त पानीले धोएका फलफूल तथा तरकारीको महत्त्वबारे स्वास्थ्य तथा जनचेतनामूलक…     |     दुर्गा प्रसाईंले दर्ता गराए नेपाल पथ पार्टी     |     बूढानिलकण्ठबाट २१ किलो सुन बरामद     |     झलनाथ खनालले भने- मेरो घर जलाए तर विचार जलाउन सकेनन्     |    
समाचार

प्रधानमन्त्रीलाई विश्वासको मत लिन रोक लगाउन माग गर्दै उपेन्द्र यादवको सर्वोच्चमा रिट

६ जेष्ठ २०८१, आईतवार १५:५७

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार विश्वासको मत लिने गरी संसद सचिवालयमा पत्र पठाएको भन्दै जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

जसपा नेपाल विभाजनसम्बन्धी रिटमा यसअघि सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको आधारमा टेकेर यादवले सर्वोच्चमा रिट दायर गरेका हुन् ।

जसपा नेपालका प्रवक्ता मनिष सुमनले पार्टी विभाजनबारे सर्वोच्चले अन्तरिम आदेश दिएको अवस्थामा प्रधानमन्त्रीले विश्वासको मत लिँदा सात जना सांसदले गर्ने मतदान अवैध हुने भएकाले रिट दायर गरिएको बताए ।

 

प्रतिक्रिया दिनुहोस्