Trending
चक्रवात ‘अर्नब’का कारण तीन दिन वर्षा र हिमपातको सम्भावना     |     रास्वपासँगको एकता भङ्ग हुनु राजनीतिक अपराध हो: कुलमान घिसिङ     |     काम नगर्ने निर्माण व्यवसायीको ठेक्का तोडियो, ३८ करोड २३ लाख रुपैयाँ दाखिला गर्न पत्राचार     |     चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई मध्यनजर गर्दै हवाई सुरक्षा सतर्कता जारी     |     सुदूरपश्चिम रोयल्सको पहिलो जित, पोखरा एभेन्जर्स ६ विकेटले पराजित     |     वनमन्त्री चौधरीसँग युएन आवासीय संयोजकको भेटवार्ता     |     एनपिएल क्रिकेटमा कर्णाली याक्सको जित     |     एभरेस्ट पेपर मिल्सका १७४ श्रमिकले पाए ६ करोड ३६ लाख भुक्तानी     |     रास्वपाका २० सांसद चीन जाँदै, महामन्त्री आचार्यले नेतृत्व गर्ने     |     त्रिभुवन विमानस्थलबाट १४ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ     |    
Uncategorized

कोशीका पूर्वमुख्यमन्त्री थापामाथि आक्रमण गर्नेलाई कारबाही गर्न कांग्रेसको माग

६ माघ २०८१, आईतवार ०६:१९

६ माघ, काठमाडौं। नेपाली कांग्रेसले कोशी प्रदेश सभापति एवं संसदीय दलका नेता, पूर्व मुख्यमन्त्री उद्धव थापामाथि भएको आक्रमणको भर्त्सना गरेको छ ।

आइतबार विज्ञप्ति सार्वजनिक गर्दै कांग्रेसले केही व्यक्तिले हिजो राति झापामा गरेको थापामाथि गरेको आक्रमणको घोर निन्दा र भर्त्सना गर्दै संलग्न व्यक्तिहरूलाई कडा कानूनी कारबाहीका लागि सरकारसँग माग गरेको हो ।

विज्ञप्तिमा लेखिएको छ, ‘नेपाली कांग्रेस कोशी प्रदेश सभापति एवं संसदीय दलका नेता, पूर्व मुख्यमन्त्री उद्धव थापामाथि केही व्यक्तिले हिजो झापामा गरेको आक्रमणको नेपाली कांग्रेस घोर निन्दा र भर्त्सना गर्दछ । नेपाल प्रेस युनियन झापाको कार्यक्रमबाट फर्कँदै गर्दा कन्काई नगरपालिकाको सुरुङ्गा नजिक उहाँमाथि आक्रमण भएको थियो ।

प्रतिक्रिया दिनुहोस्