Trending
सीप विकासमार्फत आत्मनिर्भर बनाउने अभियानमा माँ भाटभटेनी संस्था     |     विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम परिमार्जनको तयारी गर्दै मन्त्रालय     |     उज्वेकिस्तानमाथि कोलम्बियाको जित     |     यिरेन्कीको इन्जुरी टाइम गोलले घानाको जीत     |     इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित     |     पोर्चुगल र कंंगोको खेल बराबरीमा     |     व्यवसायी दिपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश     |     झलनाथले मागे प्रचण्ड-माधवको राजीनामा     |     विदेशमा पीआर लिएर बसेका दुई कर्मचारीलाई सरकारी सेवामा अयोग्य ठहरिने गरी कारबाही सिफारिस     |     सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारी, भुवनको अग्रता कायमै     |    
Uncategorized

सीप विकासमार्फत आत्मनिर्भर बनाउने अभियानमा माँ भाटभटेनी संस्था

५ असार २०८३, शुक्रबार ०७:१५

काठमाडौं। माँ भाटभटेनी संस्थाले आयोजना गरेका विभिन्न व्यावसायिक सीपमूलक तालिमहरूको समापन समारोह काठमाडौंको हाँडीगाउँस्थित Singway BBQ N Karaoke Restaurant मा भव्य रूपमा सम्पन्न भएको छ।

बागमती प्रदेशका माननीय राजेन्द्र प्रजापतिको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विशेष अतिथिका रूपमा माननीय सरिता खड्की, संस्थाकी अध्यक्ष मधु कुमारी थापा श्रेष्ठ, सचिव तथा कार्यक्रम संयोजक सबिना प्रजापतिलगायतको उपस्थिति रहेको थियो

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि प्रजापतिले पानसमा दीप प्रज्वलन गरी गर्नुभएको थियो। सो अवसरमा barista,बेकरी, साबुन निर्माण तथा तबला, हार्मोनियम, बिना लगायतका १५ दिने तालिममा सहभागी प्रशिक्षार्थीहरू र प्रशिक्षकहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि राजेन्द्र प्रजापतिले माँ भाटभटेनी संस्थाले सञ्चालन गर्दै आएका सीप विकास तथा सामाजिक रूपान्तरणमुखी कार्यक्रमहरूको प्रशंसा गर्दै आगामी दिनमा संस्थालाई आवश्यक सहयोग र बजेट उपलब्ध गराउन पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

संस्थाले हालै सञ्चालन गरेको तालिमअन्तर्गत बेकरी निर्माण तालिममा १७ जना, कफी बनाउने तालिममा २१ जना, कम्प्युटर तालिममा २० जना तथा हार्मोनियम, बिना र तबला तालिममा १५ जना सहभागी भएका थिए। त्यस्तै साबुन, झोल साबुन, सर्फ, पिताम्बर, हर्पिक, फिनेल र डिसवास निर्माणसम्बन्धी तालिममा १५ जनालाई प्रशिक्षण दिइएको थियो।

तालिमका प्रशिक्षकहरूले आफ्नो अनुभव सुनाउँदै छोटो अवधिका यी तालिमलाई व्यावसायिक रूपमा प्रयोग गर्नुपर्नेमा जोड दिएका थिए। उनीहरूले तालिमले सहभागीहरूलाई आत्मनिर्भर बन्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा सहभागी अतिथि तथा प्रशिक्षार्थीहरूले माँ भाटभटेनी संस्थाले गर्दै आएका सामाजिक सेवामूलक कार्यहरूको प्रशंसा गर्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिन सुझाव र समर्थन व्यक्त गरेका थिए।

समापन समारोहमा संस्थाकी अध्यक्ष मधु कुमारी थापा श्रेष्ठले सहभागी, प्रशिक्षक तथा सहयोगी सबैलाई धन्यवाद दिँदै आगामी दिनमा अझ धेरै सीपमूलक तालिम र सामाजिक कार्यहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले संस्थालाई निरन्तर सहयोग र सुझाव दिन सबैसँग आग्रह गर्नुभयो।

कार्यक्रमको सञ्चालन संस्थाकी सचिव सबिना प्रजापतिले गर्नुभएको थियो भने समापन अध्यक्ष मधु कुमारी थापा श्रेष्ठले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्