Trending
मन्त्रिपरिषद् बैठकः प्रधानमन्त्री शाहको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने     |     भोटेकोशी बाढीपीडितको पुनःस्थापना कार्य सुरु भएको मन्त्री तिमिल्सिनाको भनाइ     |     लुम्बिनी प्रदेश सभा सदस्यको पदमुक्त गर्ने निर्णयप्रति जसपाको आपत्ति     |     शिक्षामन्त्री पोखरेलद्वारा सातवटै प्रदेशका शिक्षा मन्त्रीसँग छलफल     |     माधव नेपाललाई बादलको आरोप- राष्ट्रपति हुने गोप्य सम्झौतापछि राजीनामा     |     रवि-बालेनबिच अविश्वास सिर्जना गराउन एउटा तप्का सक्रिय छ: प्रमोद न्यौपाने     |     ग्यास अभाव समाधान गर्न प्राथमिकता दिन्छु: उद्योगमन्त्री साह     |     ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज     |     बिर्तामोडमा भदौ २७ देखि ‘युवा कलाकार अभिनय प्रशिक्षण’, कलाकारले सिक्नेछन् अभिनयका विविध सीप     |     एसीसी प्रिमियर कप : हङकङसँग नेपाल पराजित, सेमिफाइनलमा ओमनसँग भिड्ने     |    
Uncategorized

नेपालले सामोआलाई दियो २१२ रनको चुनौती

१ कार्तिक २०८२, शुक्रबार १८:१५

काठमाडौं। दीपेन्द्रसिंह ऐरी र आसिफ शेखप्रेरित नेपालले आईसीसी टी–२० क्रिकेट विश्वकप एसिया प्यासिफिक क्षेत्रीय फाइनलको सुपर–६ को अन्तिम खेलमा समोअविरुद्ध २१२ रनको लक्ष्य बनाएको छ ।

शुक्रबार ओमानको अल अमेरतामा जारी खेलमा टस हारेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा २११ रनको योगफल खडा गरेको हो ।

नेपालका ओपनर आसिफले सर्वाधिक ६९ रन बनाए । आसिफले ४१ बलमा सात चौका र चार छक्का प्रहार गरे ।

नेपालको निम्ति दीपेन्द्रले पनि अर्धशतक प्रहार गरे । दीपेन्द्रले ३३ बलमा दुई चौका र चार छक्का प्रहार गरे ।

लोकेश बमले १२ बलमा चार छक्कासहित ३९ रन जोडे । कप्तान रोहित पौडेलले पनि २१ रन प्रहार गरे ।

अर्का ओपनर कुशल भुर्तेलले १७ रन बनाए ।

समोअका सौमानी ताई, डारियस भाइसेर, डानियल बुर्गेस र नोअह मीडले समान एक विकेट लिए ।

नेपालले छनोटअन्तर्गत सुपर–६ को दुई खेलअगावै आगामी वर्ष हुने टी–२० विश्वकपमा स्थान बनाइसकेको छ । नेपालले समग्रमा तेस्रोपटक टी–२० विश्वकपमा स्थान बनाएको हो । यसअघि नेपालले सन् २०१४ र सन् २०२४ मा टी–२० विश्वकप खेलेको थियो ।

प्रतिक्रिया दिनुहोस्