Trending
वनमन्त्री चौधरीसँग युएन आवासीय संयोजकको भेटवार्ता     |     एनपिएल क्रिकेटमा कर्णाली याक्सको जित     |     एभरेस्ट पेपर मिल्सका १७४ श्रमिकले पाए ६ करोड ३६ लाख भुक्तानी     |     रास्वपाका २० सांसद चीन जाँदै, महामन्त्री आचार्यले नेतृत्व गर्ने     |     त्रिभुवन विमानस्थलबाट १४ किलो थाई गाँजासहित दुई भारतीय महिला पक्राउ     |     नेपाली ‘यु–१९’ क्रिकेट टोलीले दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने     |     पीएचपी सफ्टवेयरको सुरक्षा कमजोरी: नेपालका अधिकांश बैंकका अनलाइन सेवा प्रभावित     |     नेकपाले भोलिदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने     |     प्रधानमन्त्री बालेनलाई असफल बनाउन रास्वपाको षड्यन्त्र: प्रभु साह     |     सुदूरपश्चिम प्रदेशसभा सचिव बोगटीको राजीनामा स्वीकृत     |    
Uncategorized

नेपालले सामोआलाई दियो २१२ रनको चुनौती

१ कार्तिक २०८२, शुक्रबार १८:१५

काठमाडौं। दीपेन्द्रसिंह ऐरी र आसिफ शेखप्रेरित नेपालले आईसीसी टी–२० क्रिकेट विश्वकप एसिया प्यासिफिक क्षेत्रीय फाइनलको सुपर–६ को अन्तिम खेलमा समोअविरुद्ध २१२ रनको लक्ष्य बनाएको छ ।

शुक्रबार ओमानको अल अमेरतामा जारी खेलमा टस हारेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा २११ रनको योगफल खडा गरेको हो ।

नेपालका ओपनर आसिफले सर्वाधिक ६९ रन बनाए । आसिफले ४१ बलमा सात चौका र चार छक्का प्रहार गरे ।

नेपालको निम्ति दीपेन्द्रले पनि अर्धशतक प्रहार गरे । दीपेन्द्रले ३३ बलमा दुई चौका र चार छक्का प्रहार गरे ।

लोकेश बमले १२ बलमा चार छक्कासहित ३९ रन जोडे । कप्तान रोहित पौडेलले पनि २१ रन प्रहार गरे ।

अर्का ओपनर कुशल भुर्तेलले १७ रन बनाए ।

समोअका सौमानी ताई, डारियस भाइसेर, डानियल बुर्गेस र नोअह मीडले समान एक विकेट लिए ।

नेपालले छनोटअन्तर्गत सुपर–६ को दुई खेलअगावै आगामी वर्ष हुने टी–२० विश्वकपमा स्थान बनाइसकेको छ । नेपालले समग्रमा तेस्रोपटक टी–२० विश्वकपमा स्थान बनाएको हो । यसअघि नेपालले सन् २०१४ र सन् २०२४ मा टी–२० विश्वकप खेलेको थियो ।

प्रतिक्रिया दिनुहोस्